‘हर्न’ बजाउनेलाई कारवाही « Khabarhub

‘हर्न’ बजाउनेलाई कारवाही


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बिहीबारदेखि हर्न बजाउने सवारी चालकलाई कारवाही शुरु गरेको छ ।

गत भदौ २५ गतेदेखि दमौली बजारलाई ‘नो हर्न : नो ओभरटेक’ घोषणा गरिएको र यसबीचमा सचेतनामूलक कार्यक्रम मात्रै सञ्चालन गरिएकामा प्रहरी अब कारवाहीमा अगाडि बढ्न लागेको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । “यो बीचमा नो हर्न : नो ओभरटेकबारे सवारी चालकलाई जानकारी गरायौ, सचेतनामूलक कार्यक्रम मात्रै गरिएकामा अब कारवाही पनि गर्छौं”, रानाभाटले भने ।

ट्राफिक प्रहरी र तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको सक्रियतामा दमौली बजारलाई नो हर्न : नो ओभरटेक घोषणा गरी यसबारे सङ्केत सामग्रीसमेत राखिएको थियो । दमौली प्रवेश गर्ने बुल्दीपुल र मादीपुलमै नो हर्न : नो ओभरटेकको सङ्केत सामग्री राखिएको छ । बुधबार मात्रै दमौलीस्थित प्रभु बैंकले उपलब्ध गराएको दश थान सामग्री भोर्लेटारचोकमा राखिएको छ ।

अनावश्यकरुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको रानाभाटले बताए । उनले भने, “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यकरुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौँ ।”

दमौलीको ट्राफिक व्यवस्थापन सुधार योजनाअन्तर्गत प्रहरीले बजार क्षेत्रका विभिन्न ठाउँमा एकतर्फी पार्किङ पनि शुरुआत गरिसकेको छ । “ट्राफिक व्यवस्थान प्रहरी एक्लैले मात्रै गरेर सम्भव छैन, दमौलीका विभिन्न सङ्घसंस्थाले पनि हामीलाई सहयोग पुर्‍याउनुभएको छ”, रानाभाटले भने, “यसले गर्दा प्रहरीलाई पनि सहज भएको छ ।”

प्रहरीले दमौली बजारका विभिन्न ठाउँमा १८ वटा जेब्राक्रस बनाउने तयारी पनि गरेको छ । जथाभावीरुपमा बाटो काटिदिँदा दुर्घटना हुने गरेकाले निश्चित ठाउँ निर्धारण गरेर बाटो काट्ने व्यवस्था मिलाउन लागिएको रानाभाटले बताए ।

“बजारको मुख्य मुख्य ठाउँ पहिचान गरी जेब्राक्रस बनाउँदैछौँ, यसले पनि दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्छ”, उनले भने । उनका अनुसार भोर्लेटार, सफासडक, प्रशासनचोकलगायतका ठाउँमा जेब्राक्रस बनाइनेछ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति राजकुमार श्रेष्ठले दमौलीको ट्राफिक व्यवस्थापनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

“प्रहरी एक्लैले गर्नुपर्छ भनेर बस्यौँ भने त्यसले सुधार हुँदैन, सबैपक्षको सहयोग खाँचो छ”, उनले भने, “दमौली बजार एकाइ विगतदेखि नै ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेको छ ।” दमौली बजारमा एकाइकै सक्रियतामा सिसी क्यामरा जडानको काम शुरु भएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ६ : १५ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी