कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट « Khabarhub

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र बनेको छ। बिहीबारदेखि शनिबारसम्म पार्टीका प्रभावशाली नेताहरूले विभिन्न स्थानमा छुट्टाछुट्टै भेटवार्ता गर्दै समसामयिक राजनीतिक अवस्था र पार्टीभित्रको रणनीतिबारे छलफल गरेका छन्।

बिहीबार नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाबीच गल्फुटारमा भेटवार्ता भएको थियो। सोही दिन खड्का र डा. शशांक कोइराला बीच महाराजगञ्जमा पनि छुट्टै छलफल भएको थियो।

त्यसै दिनविमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच बानेश्वर हाइटमा भेटवार्ता भएको थियो।

शुक्रबार भने कांग्रेस सभापति शेरबहादुर देउवा निकट शीर्ष नेताहरू गल्फुटारमा भेला भएर पार्टीको पछिल्लो अवस्था, सरकार र संगठनका विषयमा छलफल गरेका थिए।

शनिबार पनि भेटघाटको क्रम जारी रहँदा नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । बानेश्वर हाइटमा उनीहरुबीच छलफल भएको हो ।

पछिल्ला तीन दिनमा निरन्तर भइरहेका यी भेटवार्तालाई कांग्रेसभित्र विकसित राजनीतिक समीकरण, संगठनात्मक गतिविधि तथा आगामी रणनीतिसँग जोडेर हेरिएको छ। तर छलफलका एजेन्डाबारे औपचारिक रूपमा केही सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  १ : १६ बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको