कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट « Khabarhub

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र बनेको छ। बिहीबारदेखि शनिबारसम्म पार्टीका प्रभावशाली नेताहरूले विभिन्न स्थानमा छुट्टाछुट्टै भेटवार्ता गर्दै समसामयिक राजनीतिक अवस्था र पार्टीभित्रको रणनीतिबारे छलफल गरेका छन्।

बिहीबार नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाबीच गल्फुटारमा भेटवार्ता भएको थियो। सोही दिन खड्का र डा. शशांक कोइराला बीच महाराजगञ्जमा पनि छुट्टै छलफल भएको थियो।

त्यसै दिनविमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच बानेश्वर हाइटमा भेटवार्ता भएको थियो।

शुक्रबार भने कांग्रेस सभापति शेरबहादुर देउवा निकट शीर्ष नेताहरू गल्फुटारमा भेला भएर पार्टीको पछिल्लो अवस्था, सरकार र संगठनका विषयमा छलफल गरेका थिए।

शनिबार पनि भेटघाटको क्रम जारी रहँदा नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । बानेश्वर हाइटमा उनीहरुबीच छलफल भएको हो ।

पछिल्ला तीन दिनमा निरन्तर भइरहेका यी भेटवार्तालाई कांग्रेसभित्र विकसित राजनीतिक समीकरण, संगठनात्मक गतिविधि तथा आगामी रणनीतिसँग जोडेर हेरिएको छ। तर छलफलका एजेन्डाबारे औपचारिक रूपमा केही सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  १ : १६ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका