नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल « Khabarhub

नेपाली शान्ति सैनिकद्वारा विद्रोहीको हमला विफल


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ ।

उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली शान्ति सैनिकको मद्धत पाएपछि त्यहाँको सरकारी सेनाले पुनः उक्त शहर नियन्त्रणमा लिन सफल भएको जानकारी दिइएको छ ।

त्यहाँ तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीको आक्रमणको प्रयासलाई विफल पारेको थियो ।

उक्त घटना पश्चात विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हातहतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको बताइएकोछ । कारवाहीमा सहभागी नेपाली शान्ति सैनिक सबै जना सकुशल रहेको नेपाली सेनाले जनाएको छ ।

आगामी आइतबारका लागि तय भएको आम निर्वाचनमा त्यहाँका पूर्वराष्ट्रपति फ्रान्कोइज बोजिजलाई निर्वाचनमा उम्मेदवार हुनबाट रोकेपछि द्वन्द्व शुरु भएको हो ।

पछिल्ला दिनमा सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि उक्त निर्वाचन अनिश्चित बन्दै गएको छ । त्यहाँको अवस्थाको आँकलन गरी विपक्षी राजतीतिक दलहरुले शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारसँग अनुरोध गरेका छन् ।

विद्रोही समूहले उक्त मुलुकको उत्तर, पश्चिम र दक्षिणी भूभागबाट आक्रमण शुरु गरी राजधानी बन्गुई प्रवेश गर्ने प्रयास गरिरहेका छन् । विद्रोहीको उक्त प्रयासलाई रोक्न त्यहाँ तैनाथ शान्ति मिसनले शान्ति सैनिकलाई सरकारी सेनालाई सहयोग गर्न निर्देशन दिइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।

निर्वाचनका लागि अनिश्चित र संवेदनशील सुरक्षा अवस्था रहेता पनि सुरक्षित वातावरण बनाउन नेपाली शान्ति सैनिकले सुरक्षा सुदृढ तुल्याउन तल्लिन रहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ९ : २० बजे

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन