नगरकोट सडक निर्माण सम्पन्न नभए कारवाही गर्छौं : मन्त्री बाँस्कोटा « Khabarhub

नगरकोट सडक निर्माण सम्पन्न नभए कारवाही गर्छौं : मन्त्री बाँस्कोटा


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूचना तथा सञ्चार प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वैशाखसम्ममा भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न नभए निर्माण व्यवसायीलाई कारवाही गरी क्षतिपूर्तिसमेत तिराइने बताएका छन् ।

नगरकोटमा शुक्रबारदेखि शुरु भएको तीनदिने दोस्रो नगरकोट महोत्सवको उद्घाटन गर्दै मन्त्री बास्कोटाले भक्तपुर–नगरकोट सडक निर्माण सम्पन्न नभए सार्वजनिक खरिद ऐनअनुसार असुलउपर गरी क्षतिपूर्ति भराइने बताए ।

मन्त्री बाँस्कोटाले २२ वर्ष देश चलाउनेहरुले भत्काएर गए पनि वर्तमान सरकारले बनाउनेतर्फ लागेको चर्चा गर्दै एउटा घर बनाउने कुरा नभई देश बनाउने कुरा भएकाले केही समय ढिला हुँदा आत्तिन नहुने भनाइ बताए ।

विकासको गतिलाई वर्तमान सरकारले तीव्र रूपमा अगाडि बढाएको चर्चा गर्दै उहाँले देश सङ्घीय संरचनामा गएकाले विकासको गति पनि क्रमिक रूपमा अगाडि बढ्दै गएको बताए ।

भ्रमण वर्ष २०२० लाई सफल पार्न नगरकोट–नाल्दुल पर्यटन विकास समितिले आयोजना गरेको कार्यक्रममा उनले नेपाल भ्रष्टाचारको सूचाङ्कमा घट्दै जानु सकारात्मक रहेको बताए ।

प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र कृष्णलाल भँडेलले भक्तपुर–नगरकोट सडक विस्तार कार्य ढिलाइ हुँदा जनतामा नकारात्मक असर परेको बताए ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ०५ बजे

अब्राहम लिङ्कन विमानवाहक पोतमा के भएको हो ?

वाशिङ्टन- अमेरिकी नौसेनाको विमानवाहक पोत युएसएस अब्राहम लिङ्कनभित्रको अवस्थालाई लिएर

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान