टर्कीमा शक्तिशाली भूकम्प, १४ जनाको मृत्यु « Khabarhub

टर्कीमा शक्तिशाली भूकम्प, १४ जनाको मृत्यु


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्कीमा शक्तिशाली भूकम्प गएको छ । टर्कीको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण कम्तिमा १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

एलाजिग् प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएको भूकम्पका कारण भवनहरु भत्किएका छन् । भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो ।

टर्कीमा बेलाबेलामा भूकम्प गइरहन्छ । सन् १९९९ मा गएको शक्तिशाली भूकम्पका कारण १७ हजार मानिसको ज्यान गएको थियो ।

स्थानीय समय अनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेट जाँदा (नेपाली समय अनुसार राति ११ बजेर ४० मिनेट) भूकम्प गएको हो ।

अहिले उद्धार तथा राहतको काम भइरहेको विपद तथा आपतकालीन अवस्था व्यवस्थापन एजेन्सीले जनाएको छ । प्रभावित क्षेत्रमा ४० सयभन्दा बढी उद्धार टोली खटिएका छन् ।

भूकम्पका कारण प्रभावित भएको क्षेत्र राजधानी अंकाराबाट ५ सय ५० किलोमिटर पूर्वमा पर्छ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ०९ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि