नेदरल्याण्डसका १९ वर्षे स्ट्राइकर एर्लिङले बनाए नयाँ कीर्तिमान « Khabarhub

नेदरल्याण्डसका १९ वर्षे स्ट्राइकर एर्लिङले बनाए नयाँ कीर्तिमान


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मन बुण्डेस लिगा क्लब बोरुसिया डर्टमुण्डबाट खेल्दै आएका नेदरल्याण्डसका १९ वर्षे स्ट्राइकर एर्लिङ ब्राउत हाल्याण्डले उत्कृष्ट प्रदर्शनको क्रम जारी राखेका छन् ।

उनी बुण्डेस लिगाका आफ्नो शुरुको दुई खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी बनेका छन् । गएको हप्ता ५६ औँ मिनेटमा रिप्लेसमेन्टको रुपमा मैदान छिरेर बुण्डेस लिगामा डेब्यु गरेका उनले औग्सबर्गसँगको खेलमा ह्याट्रिक गरे ।

त्यसपछि उनले शुक्रबार राति भएको खेलमा थप दुई गोल गरेका छन् । घरेलु मैदानमा भएको खेलमा उनको दुई गोलको सहयोगमा बोरुसिया डर्टमुण्डले एफसी कोल्नलाई ५–१ ले पराजित गरेको छ ।

हाल्याण्डले ७७ र ८७ औँ मिनेटमा गोल गरेका हुन् । त्यसअघि गुएइरोले पहिलो मिनेट, रेउसले २९ औँ तथा सान्चोले ४८ औँ मिनेटमा गोल गरेका थिए । एफसी कोल्नका लागि ६४ औँ मिनेटमा उथले एक गोल फर्काए ।

हाल्याण्ड यहि महिना रेड बुल साल्ज्बर्गबाट बोरुसिया आएका हुन् । यो सिजनको आधा समयमा रेड बुलका लागि २२ खेलमा २८ गोल गरे । यसमध्ये च्याम्पियन्स लिगका ६ खेलमा ८ गोल समावेश छन् ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ३७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह