कसैको गोप्य कुरा थाहा पाउन मन छ ? प्रयोग गर्नोस यो एप « Khabarhub

कसैको गोप्य कुरा थाहा पाउन मन छ ? प्रयोग गर्नोस यो एप


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सूचना प्रविधिमा भइरहेको विकासले कल्पनै नगरिएका कुराहरु समेत साकार हुन थालेका छन ।

सायदै मानिसले मात्र कल्पना गर्ला फोटोकै भरमा चिन्दै नचिनेको मानिसको इतिबृत्तान्त गोपनियता समेत पत्ता लाग्छ भनेर । तर दुर्लभ मानिने त्यस्तो कुरालाई समेत एउटा एपले साकार पारिदिने भएको छ ।

तपाई सडकमा हिँडिरहेकै अवस्थामा कुनै अपरिचित बटुवाले तपाईको अनुहारको तस्विर लिएकै भरमा तत्काल कुनै एपबाट नाम, ठेगाना तथा अन्य तथ्यांकहरु पत्ता लगाउन सक्ने अवस्था सम्भव भएको छ ।

क्लियर भ्यू एआई नामको एउटा स्टार्टअपले  यसलाई सम्भव बनाएको हो । हाल यो एपलाई अमेरिकामा एफबीआई लगायत सयौं कानुन अभियोजक संस्थाहरुले प्रयोग गरिरहेको रिपोर्ट न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ ।

क्लियर भ्यू एआईले फेसबुक, युट्युब, भेन्मो तथा विभिन्न साइटहरुमा रहेका ३ अर्ब फोटोहरुको डेटाबेस प्रयोग गरेको छ । यसका लागि ती साइटहरुसँग लिंक गराएर फोटो मिलाउने गर्छ । ती साइटमा लिंक भईसकेपछि नाम तथा अन्य सूचनाहरु सहज अनलाइन मार्फत निकाल्न सकिने क्लियर भ्यूले दाबी गरिएको छ ।

गोपनियता पक्षधरहरुले यस्ता एपको चरम दुरुपयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त  गरिरहेका छन । तत्काललाई यो सर्वसाधारणका लागि उपलब्ध छैन ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : २५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण