कसैको गोप्य कुरा थाहा पाउन मन छ ? प्रयोग गर्नोस यो एप « Khabarhub

कसैको गोप्य कुरा थाहा पाउन मन छ ? प्रयोग गर्नोस यो एप


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सूचना प्रविधिमा भइरहेको विकासले कल्पनै नगरिएका कुराहरु समेत साकार हुन थालेका छन ।

सायदै मानिसले मात्र कल्पना गर्ला फोटोकै भरमा चिन्दै नचिनेको मानिसको इतिबृत्तान्त गोपनियता समेत पत्ता लाग्छ भनेर । तर दुर्लभ मानिने त्यस्तो कुरालाई समेत एउटा एपले साकार पारिदिने भएको छ ।

तपाई सडकमा हिँडिरहेकै अवस्थामा कुनै अपरिचित बटुवाले तपाईको अनुहारको तस्विर लिएकै भरमा तत्काल कुनै एपबाट नाम, ठेगाना तथा अन्य तथ्यांकहरु पत्ता लगाउन सक्ने अवस्था सम्भव भएको छ ।

क्लियर भ्यू एआई नामको एउटा स्टार्टअपले  यसलाई सम्भव बनाएको हो । हाल यो एपलाई अमेरिकामा एफबीआई लगायत सयौं कानुन अभियोजक संस्थाहरुले प्रयोग गरिरहेको रिपोर्ट न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ ।

क्लियर भ्यू एआईले फेसबुक, युट्युब, भेन्मो तथा विभिन्न साइटहरुमा रहेका ३ अर्ब फोटोहरुको डेटाबेस प्रयोग गरेको छ । यसका लागि ती साइटहरुसँग लिंक गराएर फोटो मिलाउने गर्छ । ती साइटमा लिंक भईसकेपछि नाम तथा अन्य सूचनाहरु सहज अनलाइन मार्फत निकाल्न सकिने क्लियर भ्यूले दाबी गरिएको छ ।

गोपनियता पक्षधरहरुले यस्ता एपको चरम दुरुपयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त  गरिरहेका छन । तत्काललाई यो सर्वसाधारणका लागि उपलब्ध छैन ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : २५ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू