कर्णाली जनताआवास कार्यक्रमअन्तर्गत डोल्पामा ४५० घर बन्ने « Khabarhub

कर्णाली जनताआवास कार्यक्रमअन्तर्गत डोल्पामा ४५० घर बन्ने


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पामा एकै पटक ४५० घर बन्ने भएका छन् । कर्णाली जनताआवास कार्यक्रममार्फत ४५० दलित परिवारका घर बन्ने भएका हुन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १५० घरधुरी र ‘ख’ मा ३०० घरधुरी गरी ४५० घर बन्ने भएका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा ८५, जगदुल्ला गाउँपालिकामा ८५, मुड्केचुला गाउँपालिकामा १०० घर बन्ने छन् ।

त्यसैगरी ठूलीभेरी नगरपालिकामा १००, काइके गाउँपालिकामा ५० र शे फोक्सुण्डो गाउँपालिकामा ३० घर बन्ने छन् ।

दलित घर परिवार भएका छवटा स्थानीयतहमा मात्र घर निर्माण गरिने बताउँदै दलित बस्ती नभएका डोल्पो बुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा घर नबनाइने भौतिक पूर्वाधार कार्यालय डोल्पाले जनाएको छ ।

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधिमा दलित परिवारमात्रै नभनेर आर्थिक अवस्था कमजोर भएका लोपोन्मुख, अति सीमान्तकृत, अतिविपन्न, गरिब घर परिवारका घर बनाउने भनिए पनि डोल्पामा दलित घर परिवारको मात्र घर बनाउन लागिएको हो ।

एउटै समुदायमा बस्दै आएका कतिपय गैरदलितको आर्थिक अवस्था दलितभन्दा पनि निकै नाजुक भएकाले त्यस्ता परिवारको पनि घर निर्माण गरिनुपर्ने सरोकारवालाको भनाइ छ । आगामी वर्षदेखि विपन्न गैरदलित समेटिने कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

कर्णाली जनता आवास कार्यक्रममार्फत यो वर्ष बन्ने नयाँ घरका लागि आफू र प्रदेशसभा सदस्य पद्मीकुमारी बोहोरासहित भएर प्रदेश सरकारसँग पहल गरेपछि तोकिएकोभन्दा धेरै कोटा पार्न सफल भएको उनले बताए ।

भौतिक पूर्वाधार विकास कार्यालयमार्फत शहरी विकास तथा भवन कार्यालय कर्णाली प्रदेश सूर्खेतले उक्त घर निर्माण गर्न लागेको हो । दुई कोठे घर निर्माणका लागि पटक–पटक गरेर चार किस्तामा अनुदान रकम प्रदान गरेर घर निर्माण गरिने भौतिक पूर्वाधार कार्यालयका प्राविधिक प्रवेश महताराले जानकारी दिए ।

उनका अनुसार पहिलो किस्तामा २५, दोस्रो ३०, तेस्रो ३५ र अन्तिम किस्ता १० प्रतिशत दिएर रु चार लाख रकम पाउने छन् । घरको नक्सा सरकारले नै उपलब्ध गराउने र सोहीअनुसार आफ्नै जग्गामा घरधनीले घर निर्माण गर्नुपर्ने पूर्वाधार कार्यालय डोल्पाले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय जाजरकोटबाट निर्माणकार्य अगाडि बढाएको २५० घरधुरीको अपुग बजेट रु तीन करोड ७३ लाख ८६ हजार रकम निकासाका लागि प्रदेश सरकारलाई माग गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १२ : ०० बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि