फास्ट ट्रयाकको गुणस्तरप्रति विश्वस्त हुन सेनाको आग्रह « Khabarhub

फास्ट ट्रयाकको गुणस्तरप्रति विश्वस्त हुन सेनाको आग्रह


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ ।

सेनाको यो दाबीप्रति अहिले नै विश्वस्त हुने अवस्था नरहेको जनाउँदै विकास आयोजना निर्माणमा संलग्न ठेकेदारले भने नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तरमा सुधार आए तापनि मूल्य र राष्ट्रिय माग धान्ने विषयमा शङ्का नहटेको प्रतिक्रिया दिएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचरी इमल्शन प्लान्टमा चीनबाट खरिद गरी ल्याएको नयाँ उपकरण जडानपछि सेनाले असरदार विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।

करिब ३५ करोडको लागतमा जडान गरिएको नयाँ प्लान्टबाट वार्षिक ४ हजार ८ सय मेट्रिक टन विस्फोटक पदार्थ सजिलोसँग उत्पादन हुने सैनिक सामग्री उत्पादन निर्देशनालयका सहायकरथी हेगेन्द्रलाल महर्जनले जानकारी दिए ।

गत भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त प्लान्टबाट अहिलेसम्म उच्च गुणस्तरको २ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन भइसकेको उनले जानकारी दिए ।

स्वतन्त्र ऊर्जा उत्पादन संस्था इपानका उपाध्यक्ष कुमार पाण्डेले भने, ‘सुरुङ निर्माणका क्षेत्रमा ३०औँ वर्ष काम गरिएको हुँदा विभिन्न खाले विस्फोटक पदार्थ प्रयोग गरिएको अनुभव हामीसँग छ, स्वदेशमै उत्पादन हुन्छ र काम दिन्छ भने प्रयोग गर्न तयार छौ ।’

कहाँबाट ल्याएको विस्फोटक पदार्थ कति प्रभावकारी हुन्छ भन्ने पर्याप्त अनुभव हासिल गरेका विकास आयोजना निर्माणकर्ता भन्छन्, ‘गुणस्तरमा सम्झौता गर्नु भनेको अन्ततः उपभोक्ताले नै खर्च व्यहोर्नु हो, हाम्रो सरोकार गुणस्तर, मूल्य र निरन्तरतासहित सुनिश्चितता हो, त्यो भएन भने हामीले विकल्प रोज्नुपर्ने हुन्छ ।’

मुलुकभित्र विस्फोटक पदार्थको ओसारपोसार, रेखदेख, नियन्त्रण र ढुवानीमा सहयोग पुर्‍याउँदै आएको नेपाली सेनाले पूर्वाधार विकासका लागि देशलाई आवश्यक पर्ने विस्फोटक पदार्थ एकद्वार प्रणालीमार्फत होस् भन्ने हेतुले नयाँ इमल्शन प्लान्ट स्थापना गरेको हो ।

हालसम्म पनि विस्फोटक पदार्थ राख्न, किन्न, एक स्थानबाट अर्को स्थानमा लैजान सरकारका विभिन्न निकाय र सरोकारवाला पक्षले झन्झट र दुःख दिने पूर्वाधार निर्माणकर्ताको गुनासो छ ।

नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थको मूल्य प्रतिकिलो १९८ कायम गरिएको छ भने भारतबाट आयात गरिएको सामग्री रु १३२ मै भन्सार पार हुने आयोजना प्रमुखको भनाइ छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  २ : २८ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि