स–सानो कुरामा पति पत्नीबीच झगडा हुन्छ ? नून पानीले भुइँ पुस्नुस् ! | Khabarhub Khabarhub

स–सानो कुरामा पति पत्नीबीच झगडा हुन्छ ? नून पानीले भुइँ पुस्नुस् !


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने प्रचलन समाजमा व्याप्त छ । तर, परालको आगोको रुपमा लिइएको झगडा ठूलो आगलागीमा परिणत हुने खतरा पनि व्याप्त रहेको हुन्छ । त्यसैले पति पत्नीबीच तनावको अवस्था आएको खण्डमा तत्काल त्यसको समाधान तर्फ अघि बढ्नु पर्छ ।

पति पत्नीबीच उत्पन्न हुने तनावका कारण धेरैको वैवाहिक जीवन समस्यामा परेको हुन्छ । त्यसैले पति पत्नीबीचको सम्बन्धलाई राम्रो बनाइ राख्न धेरै कुरामा गम्भीर बन्नुपर्ने हुन्छ ।कुनै पनि विषयमा छलफल गरेर अघि बढ्दा पति पत्नीबीचको समस्या समाधान गर्न सकिन्छ ।

पति पत्नीको सम्बन्ध सुखद् र शान्तिपूर्ण बनाउनका लागि दुबै जनाबीचको तालमेल आवश्यक हुन्छ ।

वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति पत्नीबीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ ।

त्यसकारण केही वास्तु टिप्स बारे जानकार हुन आवश्यक छ ।

यदी सन्तान प्राप्तिमा ढिलाई भइरहेको छ भने पति पत्नीले सन्तान प्राप्तिका लागि उत्तर पश्चिम दिशा या उत्तर दिशामा सुत्नु पर्छ । यो दिशामा सुत्नेकोठा बनाएको खण्डमा प्रेम बढ्नुका साथै चाडै सन्तान सुख प्राप्ति हुन्छ ।

यदी एकै खाटमा दुई फरक फरक डस्नाको प्रयोग भएको छ भने पनि पति पत्नीबीचमा मतभेद उत्पन्न हुन सक्छ । त्यसैले एक खाटमा एउटै डस्ना वा गद्दाको प्रायोग गर्नुहोस् ।

पति पत्नीको सम्बन्ध र सन्तान सुखका लागि कहिले पनि घरको बिम(ढलानको बिम)को ठिक तल सुत्नु हुँदैन ।

पति पत्नीबीच विवाद भइरहे शनिवारको दिन घरमा गहुँ पिस्नुहोस् । त्यस समय गहुँमा कालो चना पनि मिसाउनु होला ।

पति पत्नीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्षको भित्तामा राधा कृष्ण तथा फूलेको गुलाव या हासिरहेको बच्चाको तस्वीर टाँस्दा फाइदा पुग्छ ।

पति पत्नी सुत्ने कक्षमा ड्रेसिङ टेबल राख्नु बास्तुशास्त्रका अनुसार गलत हुन्छ ।

यदी पति पत्नीबीच झगडा परिरहेको छ भने यसको समाधानको उपाय पनि वास्तु शास्त्रमा रहेको छ ।

उपाय

बास्तुशास्त्र र तान्त्रिक विधि अनुसार केही उपाय गर्दा पति र पत्नीबीच बिग्रिएको समबन्धमा सुधार आउन सक्छ । त्यसका लागि केही उपाय गर्न जरुरी छ ।

सिन्दूर– रातभर आफ्नो पतिको तकियाको मुनी सिन्दुर राख्नुहोस् र विहान सिन्दुरको आधा भाग घरमा छर्कनुस् र बाँकी रहेको सिन्दुर पत्नीले आफ्नो सिउँदोमा भर्नुहोस् ।

आइतवारको रात पतिको डस्नामुनि थोरै सिन्दुर छर्कनुस् र अर्कोदिन विहान त्यो सिन्दुरलाई आफ्नो सिउँदोमा राख्नुहोस् ।

सुनको चुरा– दाम्पत्य जीवनलाई सुखमय बनाउनका लागि पतिले हरेक राति किशमिस युक्त दुधको सेवन गर्न जरुरी छ भने पत्नीले सधै सुनको चुरा लगाउन जरुरी छ ।

शुक्रवारका दिन भगवान विष्णु तथा लक्ष्मीजीलाई रस भएको मिठाइको भोग लगाउनु आवश्यक हुन्छ र प्रसादको रुपमा पति र पत्नीदुबैले यसको सेवन गर्न जरुरी हुन्छ ।

पति पत्नीबीच सधैं झगडा परिरहन्छ भने त्यसलाई शान्त गर्न घरको सफाइ नून पानीले गर्न जरुरी हुन्छ । प्रत्येक दिन नून मिसाएको पानीले विहान चाँडै घरलाई सफाइ वा पुच्छ्दा कलह शान्त हुनका साथै घरको नकारात्मक शक्तिपनि हट्छ ।

पानीमा सख्खर मिसाएर प्रतिदिन सूर्य भगवानलाई अर्पण गर्नुहोस् । यस्तो गर्नाले दाम्पत्य जीवनमा सुख शान्ति मिल्छ ।

विहीवार पिपलको रुखको फेदमा घ्यूमा भिजाएको दियो बाल्नुस् र अर्को एक दियो दोबाटोमा बाल्नुहोस् र त्यसमा एक एकवटा मिठाइपनि राख्नुहोस् ।

यी धार्मिक र शास्त्रीय रुपमा वर्णन गरिएका समस्या समाधानका केही उपाय हुन् । तर पति पत्नीबीच देखिने समस्या समाधनको लागि दुई जनाबीच छलफल र समझदारीको वातावरण बनाउनु नै महत्वपूर्ण कुरा हो । एक आपसमा देखिएका समस्यालाई छलफल र कुराकानी र समझदारीबाट टुंग्याउन सकियो भने वैवाहिक सम्बन्ध राम्रोसँग अघि बढ्छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ५ : २८ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा