एपीएफ टोलीद्वारा तीन लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ « Khabarhub

एपीएफ टोलीद्वारा तीन लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट तीन लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीबल एपीएफ टोलीले उनीहरुलाई शुक्रवार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा भारतको अयोध्या रामनगर कलौनी घर बताउने ५४ बर्षिय सुनिलकुमार रामानी, ५२ बर्षिय राजकुमार बरयानी र भारतकै उत्तर प्रदेश अकबरपुर जिल्ला अम्बेश्वर नगर भवानीपुर घर बताउने २२ बर्षिय रवि तिवारी छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको यू पी ४५ यू ९०९० नम्बरको भारतीय गाडीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त रकम फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको एपीएप्ले जनाएको छ।

एपीएफ टोलीले उनीहरुको साथबाट भारु पाँच सय रुपैयाँ दरको नोट पाँच सय ९० वटा र ५० रुपैयाँ दरको नोट एक सय वटा तथा १३ हजार नेपाली रुपैयाँ समेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ०८ बजे

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले

आईपीएल : दिल्लीको लगातार दोस्रो जित, मुम्बई ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आठौँ खेलमा दिल्ली