गाई संरक्षण तथा धर्माश्रम निर्माण सहयोगार्थ महायज्ञ « Khabarhub

गाई संरक्षण तथा धर्माश्रम निर्माण सहयोगार्थ महायज्ञ


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको रामपुर नगरपालिकामा छाडा छाडिएका गाई संरक्षण तथा धर्माश्रम निर्माण सहयोगार्थ श्रीमद्भागत नवाह ज्ञान महायज्ञ शुरु भएको छ ।

रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा निर्माण भएको गौशाला परिसरमा आज आयोजना गरिएको महायज्ञको उद्घाटन गर्दै नगरप्रमुख रमणबहादुर थापाले राष्ट्रिय जनावरको रुपमा रहेको गाई हाम्रो राष्ट्रियता, सभ्यता र धर्मसँग जोडिएकाले यसको रक्षा गर्नु आवश्यक रहेको बताए ।

उनले आगामी आर्थिक वर्षमा रु २५ लाख रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । गौशाला निर्माणको विकास र धर्मशाला निर्माण गरी यो क्षेत्रलाई धार्मिक नगरीका रुपमा चिनाउन आर्थिक सङ्कलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको नगर प्रमुख थापाले बताए ।

आउँदो फागुन २० गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ अवधीभर रु पाँच करोड दान सङ्कलन गर्ने लक्ष्य रहेको छ । रु पाँच करोड रकममध्ये तीन करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाँकी दुई करोड रकम गौशालाको दिगो विकासका लागि प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

दूध दिन छाडेका गाईलाई संरक्षण गर्न र यो क्षेत्र कालीगण्डकीको आडैमा रहेकाले धार्मिक नगरीका रुपमा रामपुरलाई विकास गरी धार्मिक पर्यटन विस्तार गर्न महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष तथा नगरप्रवक्ता हुमनाथ न्यौपानेले बताए । गौशालाको थप पूर्वाधार, धर्माश्रम निर्माण गरी अपाङ्गमैत्री र १०० जना अन्य व्यक्ति अट्ने खालको सुविधा सम्पन्न धर्मशाला बनाउने योजना छ ।

यज्ञमा गङ्गा आरती, गौदान, ब्रतवन्धको समेत व्यवस्था गरिएको छ । उद्घाटन हुनुपूर्व बिहान ११ बजेदेखि शोभा कलश यात्रा निकालिएको थियो । गाईलाई अघि लगाएर शुरु गरिएको यात्रामा महिला समूह, क्लब, विद्यार्थी तथा श्रद्धालुहरुको सहभागिता रहेको थियो ।

गौशाला निर्माण गर्न रामपुर नगरपालिकाले आव २०७४/७५ मा रु २० लाख र आव २०७६/७७ मा रु २० लाख रकम विनियोजन गरी निर्माण कार्य थालनी गरिएको हो । करिब १५ रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम भएको छ । गौशालामा करिब ६० वटा गाई रहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ५ : ५३ बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ