मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना (तीन दिनको मौसमको पूर्वानुमानसहित) « Khabarhub

मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना (तीन दिनको मौसमको पूर्वानुमानसहित)


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी तथा पश्चिमी भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावले मेघ गर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ साथै थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको समेत मशाखाखाले जनाएको  छ । बाँकी स्थानमा भने आंशिक देखि सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको हो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १३ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १४ गते (बुधबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक/दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक/दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका मध्य तथा पूर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ८ : ०९ बजे

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

नयाँ दिल्ली- स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न

प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने

काठमाडौं – नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’

नयाँ सरकारले जनभावनाअनुसार काम गर्ने नारायण दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ सरकारले नेपाली जनताको

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगञ्ज– बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको