राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा उपरथी हमाल नियुक्त « Khabarhub

राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा उपरथी हमाल नियुक्त


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका उपरथी ईश्वर हमाल फोर्स कमाण्डरमा नियुक्त भएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उपरथी हमाललाई फोर्स कमाण्डरमा नियुक्त गरेका हुन् । हमालले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन् । उक्त क्षेत्रमा नेपाललगायत झण्डै ४० देशका सैनिकहरु कार्यरत रहेका छन् ।

अनडफ मिसनको कार्यवाहक प्रमुख नेपाली सेनाकै उपरथी शिवराम खरेल थिए । उनले सेनाबाटै अवकास पाइसकेका छन् ।उपरथी हमाल हाल नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेजमा शिक्षाधिकृत तथा नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिभर्सिटी’ प्रमुखको रूपमा कार्यरत छन्  ।

उनी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा समेत चार पटक सहभागी भएका छन् । उपरथी हमालसंग मिलेटरी अवजरभरका रुपमा सन् २००६ मा युएनओसीआई मिसन र लेबनानमा रहेको युनिफिल मिसनमा सन् १९९३ कण्टिजेन्ट मेम्बरका रुपमा सन् २००० मा बटालियन चिफ अपरेशन अफिसर र १९९० मा प्लाटुन कमाण्डरका रुपमा काम गरेको अनुभव छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ८ : ५२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल