स्वास्थ्यवर्धक गाजर, नियमित खाँदा फाइदैफाइदा « Khabarhub

स्वास्थ्यवर्धक गाजर, नियमित खाँदा फाइदैफाइदा


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजर तपाईंलाई कतिको मन पर्छ ? यदी मन पर्दैन भने पनि मन पराउन थाल्नुहोस् । गाजरका फाइदा यति धेरै छन कि तपाईंले नखाइ धरै पाउनु हुन्न ।

नियमित गाजर खानेका लागि यो स्वादिलो पनि छ । सलाद होस् वा अचार वा तरकारी । जे सुकैको रुपमा खाए पनि गाजरले जिउलाई स्वस्थ बनाउन सहयोग गर्दछ ।

गाजर नियमित खानुका फाइदा यी हुन्:

· रक्तअल्पताको समस्या भोगिरहेकाहरुका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ । काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ । त्यस्तै भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।

· गाजरको नियमित सेवनले रगतलाई बढि गाढा हुनबाट रोक्दछ । जसका कारण मुटुरोगको जोखिम कम हुन्छ । मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा फाइदा पुग्दछ ।

· नियमित रुपमा गाजर खानाले खोकी, दम तथा पिसाब पोल्नेजस्ता समस्याबाट छुटकारा पाउन सहयोग मिल्दछ । गाजर खानाले स्वासनलीमा जमेको खोकी बाहिर निकाल्न समेत मद्दत पुग्दछ ।

· तपाईंलाई धेरै पाद आइरहने समस्या छ ? यदि त्यसो हो भने एक कप गाजरको रसमा दुई चम्चा काउलीको रस मिलाएर पिउनुहोस् । त्यसले ग्यास आइरहने समस्याबाट मुक्ति दिलाउछ ।

· गाजरमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । त्यसले यसको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै ढल्कँदो उमेरको नकारात्मक असर पनि कम गर्दछ । साथै यसले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ९ : २६ बजे

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी