आँचल र उदिपले गरे इङ्गेजमेन्ट « Khabarhub

आँचल र उदिपले गरे इङ्गेजमेन्ट


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा र उदिप श्रेष्ठले हालै इङ्गेजमेन्ट गरेका छन् । बिहेको तयारीमा रहेको यो जोडीले सोमवार औंठी साटासाट गर्‍यो ।

परिवारका सदस्यहरु सहभागी रहेको एक समारोहमा आँचल र उदिपले औंठी साटेका हुन् । सोमबार राजधानीको चुच्चेपाटीस्थित इमेरियल बैंक्वीटमा यो जोडीले औंठी साटेको जनाइएको छ ।

खबरका अनुसार यी दुईले यसै महिना बिहे गर्दैछन् । फागुनको अन्तिम साता बिहेको तयारी गरिएको जनाइएको छ ।

यी दुईले आफ्नो लामो प्रेमसम्बन्धलाई विवाहमा बदल्न थालेका हुन् । आँचल र उदिप आफन्तका माध्यमबाट नजिकिएका थिए ।

आँचलले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामीले सधै साथ हुने निर्णय गर्‍यौं ।’ उनका फ्यानले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

पछिल्लो समय आँचलले फिल्म ‘झिंगे दाउ’ अभिनय गरेकी थिइन् । यो फिल्म प्रदर्शन हुन बाँकी नै छ । केही समय यता भने आँचल फिल्मका कारणले भन्दा पनि बिहे र ब्याइफ्रेण्डका कारण चर्चामा छिन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ११ : ०४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५