मीटू मुभमेन्ट प्रभाव: बलात्कार मुद्दामा हलिउड निर्माता वाइन्सटिन दोषी ठहर « Khabarhub

मीटू मुभमेन्ट प्रभाव: बलात्कार मुद्दामा हलिउड निर्माता वाइन्सटिन दोषी ठहर


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – न्यूओर्कको एक अदालतले हलिउड फिल्म निर्माता हार्भी वाइन्सटिनलाई बलात्कार र कुटपिट गरेको आरोपमा दोषी ठहर गरेको छ ।

मीटू मुभमेन्टका बेला उनीमाथि महिला हिंसा गरेको आरोप लागेको थियो । ६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

हार्भीलाई २५ वर्षसम्मको जेल सजाय हुन सक्ने जनाइएको छ । उनीविरुद्ध ८० जना महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । यस्तै २ जना महिलाले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।

हलिउडका यी चर्चित निर्माताले गुड विल हन्टिङ्, द किङ्ग्स स्पीच र शेक्सपियर इन लभ लगायतका फिल्म निर्माण गरेका थिए । यता वाइन्सटिनले भने यी सबै आरोपको खण्डन गर्दै आएका छन् ।

अदालतले जेल चलान गर्न आदेश दिएपछि यो मुद्दालाई मीटू मुभमेन्ट गर्ने महिलाहरुको जीतका रुपमा हेरिएको छ ।

हार्भीमाथि अभिनेत्री बन्न चाहने एक कलाकारलाई बलात्कार गरेको र सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटेको आरोप समेत लागेको थियो । यही मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ११ : ३५ बजे

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा

सरकारले चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने

काठमाडौं- सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने

सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध