पोखराको पीएन क्याम्पसमा प्रहरी र नेवि संघका कार्यकर्ताबीच झडप « Khabarhub

पोखराको पीएन क्याम्पसमा प्रहरी र नेवि संघका कार्यकर्ताबीच झडप


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का नेता पक्राउको विरोधमा पोखराको पृथ्वी नारायण (पीएन) क्याम्पस तनावग्रस्त बनेको छ ।

आफ्ना नेता राजेश हमाल (रेशम)लाई पक्राउ गरेको विरोधमा नेवि संघले मंगलबारदेखि क्याम्पस प्रशासनमा ताला लगाएको थियो । प्रहरीले क्याम्पस प्रशासनमा लगाएको ताला खुलाउन खोजेपछि अहिले झडपको स्थिति सिर्जना भएको छ ।

गत माघ ८ गते अनेरास्ववियू र नेवि संघका नेताबीच क्याम्पसमा झडप भएको थियो । झडपमा अनेरास्ववियूका केही नेता–कार्यकर्ताहरु घाइते भएका थिए ।

घाइतेहरुले नेवि संघ नेता हमालसहितविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीका आधारमा प्रहरीले हमालाई पक्राउ गरेको थियो ।

नेवि संघले भने हमालको पक्राउविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेको छ । नेवि संघको पीएन क्याम्पस इकाई समितिले क्याम्पस गेटमा चक्काजाम, विरोध प्रदर्शन, सडक अवरुद्ध गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : ४६ बजे

कांग्रेस सभापति थापा सर्लाहीमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही गएका छन्

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा दोस्रो भागको बाघ गणना सकियो

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको