संसदमा कांग्रेसको प्रश्न– प्रधानमन्त्री ज्यू, यो भन्दा लाजमर्दो के हुन्छ ? « Khabarhub

संसदमा कांग्रेसको प्रश्न– प्रधानमन्त्री ज्यू, यो भन्दा लाजमर्दो के हुन्छ ?


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार लाजमर्दा तरिकाल भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ समय माग गरेर बोलेका नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले सरकारमा रहेका व्यक्तिबाट भएका भ्रष्टाचारजन्य गतिविधिले प्रधानमन्त्रीको सर्वाङ्ग (सम्पूर्ण शीरर) नै गन्हाउने अवस्था सिर्जना भएको बताए ।

सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) स्थापनाको लागि ठेकेदार कम्पनीका प्रतिनिधिसँग निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन (घुस) मागेको प्रसंग उठाउँदै रिजालले भने, ‘७० करोड घुस दिन्छु भन्नेले त्योभन्दा बढी घुस दिनेलाई चाहिँ यो ठेक्का दिने अवस्था अयो, मेरो ७० करोडभन्दा अझ अर्बौं रुपैयाँ घुस खान थाल्यो यो सरकारले भन्दै हिँड्न थालेका छन् । योभन्दा लाजमर्दो अवस्था अरु के हुन्छ ? प्रधानमन्त्रीज्यु भ्रष्टाचार गर्दिन्, गर्न पनि दिन्न भन्नुहुन्थ्यो । योभन्दा लाजमर्दो के हुन्छ ?’

कांग्रेस सांसद रिजालले प्रधानमन्त्री ओलीले जन्म दिन मनाउँदा गरेको ‘तामझाम’प्रति पनि व्यंग्य गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १ : ४१ बजे

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या