दिल्ली हिंसात्मक प्रदर्शनमा ७ जनाको मृत्यु « Khabarhub

दिल्ली हिंसात्मक प्रदर्शनमा ७ जनाको मृत्यु


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतको राजधानी दिल्लीमा भएको हिंसामा ७ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विधेयकको समर्थन र विरोधमा भेला भएका मानिसहरुबीच हिंसा मच्चिएको हो । हिंसाका क्रममा अरु १५० जनाभन्दा धेरै घाइते भएका छन् ।

मारिनेमा भारतीय प्रहरीका एकजना हेड कन्स्टेबल (हवल्दार) समेत छन् । विवादास्पद विधेयकको विरोधमा दिल्लीको उत्तरपूर्वी जिल्लामा हिंसा मच्चिएको जनाइएको छ । मारिने एवं घाइते हुनेमध्ये केहीको शरिरमा देसी कट्टा भनिने घरेलु बन्दुकको घाउ रहेको प्रहरीले जनाएको छ । त्यसबाहेक प्रहरीले दिल्लीका विभिन्न ८ स्थानमा आगजनीको घटना भएको जनाएको छ ।

विधेयकको समर्थन र विरोधमा भेला भएका मानिसहरुबीच हिंसा भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

हिंसाग्रस्त इलाकामा विद्यालय तथा रेलसेवा बन्द गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

हालै दिल्लीको मुख्यमन्त्रीमा पुन निर्वाचित भएका अरविन्द केजरीवालले प्रदर्शनकारीलाई संयमता अपनाउन आह्वान गरेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : १७ बजे

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

डुम्रे – तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १०

तरकारी र फलफूलको आजको मूल्य कति? 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

थुकको छिटा र हावाको माध्यमबाट क्षयरोग सर्छ

काठमाडौं – क्षयरोग भनेको एक प्रकारको संक्रामक रोग हो ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पूरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक