२७ लाख नगदसहित वीरगन्जमा ४ जना हुण्डी कारोबारी पक्राउ | Khabarhub Khabarhub

२७ लाख नगदसहित वीरगन्जमा ४ जना हुण्डी कारोबारी पक्राउ


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले फरक फरक समयमा गरी स्रोत खुल्न नसकेको झन्डै २७ लाख रुपैयाँसहित ४ जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु हुण्डी कारोबार रहेका जनाइएको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार २ जनालाई नगद १९ लाख ७१ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरीया १ घर भइ वीरगन्ज–१६ नगवा बस्दै आएका ४१ वर्षीय संजय कुमार साह र वीरगन्ज महानगरपालिका–१६ बस्ने ३० वर्षीय जयलाल महतो छन् । प्रहरीका अनुसार संजय कुमार साहको साथबाट नगद ९ लाख ७१ हजार र जयलाल महतोको साथबाट नगद १० लाख रुपैयाँ बरामद भएको थियो ।

उनीहरु बा ४८ प ६५९७ नम्बरको मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै थिए ।

यस्तै, मंगलबार पनि नगद ७ लाख रुपैयाँसहित २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ भन्सार कार्यालयको गेटबाट फरक फरक मोटरसाइकलमा रक्सौलबाट नेपालतर्फ आउँदै गरेका २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको रक्सौल डुमरिया घर भएका ३५ वर्षीय विजय कुमार ठाकुर र वीरगन्ज–१६ नगवा बस्ने ३१ वर्षीय राजु कुमार कलवार छन् । भारतीय नम्बर प्लेट बीआर–०५–एए–७२५५ को मोटरसाइकलमा रक्सौलबाट नेपालतर्फ आइरहेका ठाकुरसको साथबाट ४ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, भारतीय नम्बर प्लेट बीआर–०५–डी–५०१८ को मोटरसाइकलमा सवार राजु कुमार कलवारको साथबाट ३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले फरक–फरक समय तथा ठाउँबाट स्रोत नखुलेको नगदसहित पक्राउ परेका चारै जनाविरुद्ध अवैध वित्तिय कारोबार (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ५३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास