मिस नेपालको आवेदन खुल्यो, कहाँ कहाँ हुँदैछ अडिसन ? | Khabarhub Khabarhub

मिस नेपालको आवेदन खुल्यो, कहाँ कहाँ हुँदैछ अडिसन ?


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२० का लागि सोमबारबाट आवदेन खुला गरिएको हो ।

मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस नेपालको आधिकारिक वेबसाइट मिसनेपाल डटकम डटएनपी मा गएर आवेदन दर्ता गर्न सक्नेछन् । मिस नेपालको अडिसन फाराम निशूल्क भर्न सकिने छ ।

आयोजकका अनुसार सन् २०२० मा मे १५ मा मिस नेपाल घोषणा गरिनेछ । २०२० की मिस नेपालले २ लाख ५० हजार पाउनेछिन् ।

नेपालभरमा ९ शहरबाट मिस नेपालको अडिसन हुने भएको छ । अडिसन काठमाडौंसहित धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, विर्तामोड र धरानमा हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मोफसलमा मिस नेपालको सहभागिता जनाएका र मापदण्ड पुगेकालाई काठमाडौं बोलाइनेछ ।

मिस नेपालमा १९ वर्षदेखि २६ वर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ५४ बजे

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित