मिस नेपालको आवेदन खुल्यो, कहाँ कहाँ हुँदैछ अडिसन ? « Khabarhub

मिस नेपालको आवेदन खुल्यो, कहाँ कहाँ हुँदैछ अडिसन ?


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२० का लागि सोमबारबाट आवदेन खुला गरिएको हो ।

मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस नेपालको आधिकारिक वेबसाइट मिसनेपाल डटकम डटएनपी मा गएर आवेदन दर्ता गर्न सक्नेछन् । मिस नेपालको अडिसन फाराम निशूल्क भर्न सकिने छ ।

आयोजकका अनुसार सन् २०२० मा मे १५ मा मिस नेपाल घोषणा गरिनेछ । २०२० की मिस नेपालले २ लाख ५० हजार पाउनेछिन् ।

नेपालभरमा ९ शहरबाट मिस नेपालको अडिसन हुने भएको छ । अडिसन काठमाडौंसहित धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, विर्तामोड र धरानमा हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मोफसलमा मिस नेपालको सहभागिता जनाएका र मापदण्ड पुगेकालाई काठमाडौं बोलाइनेछ ।

मिस नेपालमा १९ वर्षदेखि २६ वर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ५४ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी