कोरोना प्रभावित कोरियाबाट नेपालीहरुको उद्धार गर्न सांसदको माग | Khabarhub Khabarhub

कोरोना प्रभावित कोरियाबाट नेपालीहरुको उद्धार गर्न सांसदको माग


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियामा कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहा रहेका नेपालीको उद्धारबारे प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको भन्दै सांसदहरुले नेपाली कामदार समेत त्यसबाट प्रभावित हुन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले आजको प्रतिधिन सभा बैठकमा कोरियामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन समेत माग गरेका छन् ।

बैठकमा नेकपाकी धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गरिन् । उनले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्ने बताइन् ।

यस्तै नेपाली काँग्रेसकी संसाद पुष्पा भुसालले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा विशेष संयन्त्र स्थापना गर्नुभने बताइन् । उनले रोगको पहिचान र क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ सरकारले तदारुकता नदेखाइएको बताइन् ।

सांसद भुसालले पछिल्ला दिनमा कोरियामा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ४७ बजे

न्हेचुङमा पूर्वाधार निर्माण गर्न तीन करोड बजेट

मुस्ताङ – माथिल्लो मुस्ताङको (नेपाल—चीन) उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा

नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव

काठमाडौं – नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न