कोरोना प्रभावित कोरियाबाट नेपालीहरुको उद्धार गर्न सांसदको माग « Khabarhub

कोरोना प्रभावित कोरियाबाट नेपालीहरुको उद्धार गर्न सांसदको माग


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियामा कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहा रहेका नेपालीको उद्धारबारे प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको भन्दै सांसदहरुले नेपाली कामदार समेत त्यसबाट प्रभावित हुन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले आजको प्रतिधिन सभा बैठकमा कोरियामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन समेत माग गरेका छन् ।

बैठकमा नेकपाकी धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गरिन् । उनले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्ने बताइन् ।

यस्तै नेपाली काँग्रेसकी संसाद पुष्पा भुसालले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा विशेष संयन्त्र स्थापना गर्नुभने बताइन् । उनले रोगको पहिचान र क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ सरकारले तदारुकता नदेखाइएको बताइन् ।

सांसद भुसालले पछिल्ला दिनमा कोरियामा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ४७ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी