इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन | Khabarhub Khabarhub

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो– सन् २०११ को अरब क्रान्तिपछि फालिएको इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा निधन भएको छ ।

उनको राजधानी कायरोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको समाचार संस्था अल जजिराले जनाएको छ । सन् १९८१ मा तत्कालिन राष्ट्रपति अनवर सदातको हत्यापछि राष्ट्रपति बनेका उनले सन् २०११ सम्म इजिप्टको शासन गरेका थिए ।

सन् २०११ मा भएको अरब क्रान्तिपछि फालिएका उनी निकै लामो समयसम्म जेल जीवन बिताएका थिए । यद्यपि उनलाई सन् २०१७ मा अदालतले उनलाई अधिकांश मुद्धामा सफाई दिएको थियो ।

सन् १९२८ मा नाइल डेल्टाको गाउँमा जन्मेका उनको शासनकालमा इजिप्टमा प्रहरी क्रुरता, राजनीतिक दमन, भ्रष्टाचार र आर्थिक संकट बढेको आरोप लाग्ने गरेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ५ : ४१ बजे

‘नेपाल यसकारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम