प्रहरीद्वारा झापामा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सचेतनामूलक कार्यक्रम | Khabarhub Khabarhub

प्रहरीद्वारा झापामा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सचेतनामूलक कार्यक्रम


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कचनकवल गाउँपालिका-२ सुकुना डिगीस्थित सामुदायिक भवनको सभाहलमा आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम  सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आत्महत्या कुनै प्रकारको रोग नभई मानवीय सोचको उपज रहेको उल्लेख गर्दै व्यक्ति स्वयम्ले सावधानी अपनाउन सकेमा आत्महत्याका घटना न्यूनीकरण हुने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले साइबर अपराध तथा सामाजिक सञ्जालको परिचय, कानूनी व्यवस्था, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुका साथै साइबर अपराध हुन/गर्न नदिन अपनाउनु पर्ने तरिका लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

बीएण्डसी अस्पताल बिर्तामोडका डा. सन्दर्भ अधिकारीले आत्महत्या सम्बन्धि तथ्याङ्क प्रस्तुत गर्नुका साथै आत्महत्या न्यूनीकरण के-कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिए ।

जिल्ला प्रहरी कार्यालय झापा र समुदाय-प्रहरी साझेदारी पालिका समिति कचनकवल झापाको संयुक्त आयोजना तथा बीएण्डसी अस्पताल बिर्तामोडको समन्वय र सहकार्यमा आयोजित उक्त कार्यक्रममा कचनकवल गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका पदाधिकारीहरु, स्थानीय संचारकर्मी, स्थानीय भद्रभलादमी, शिक्षक, अभिभावक र लक्ष्मीप्रसाद देवकोटा माबिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : ०९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय