प्रहरीद्वारा झापामा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सचेतनामूलक कार्यक्रम « Khabarhub

प्रहरीद्वारा झापामा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सचेतनामूलक कार्यक्रम


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कचनकवल गाउँपालिका-२ सुकुना डिगीस्थित सामुदायिक भवनको सभाहलमा आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम  सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आत्महत्या कुनै प्रकारको रोग नभई मानवीय सोचको उपज रहेको उल्लेख गर्दै व्यक्ति स्वयम्ले सावधानी अपनाउन सकेमा आत्महत्याका घटना न्यूनीकरण हुने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले साइबर अपराध तथा सामाजिक सञ्जालको परिचय, कानूनी व्यवस्था, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुका साथै साइबर अपराध हुन/गर्न नदिन अपनाउनु पर्ने तरिका लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

बीएण्डसी अस्पताल बिर्तामोडका डा. सन्दर्भ अधिकारीले आत्महत्या सम्बन्धि तथ्याङ्क प्रस्तुत गर्नुका साथै आत्महत्या न्यूनीकरण के-कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिए ।

जिल्ला प्रहरी कार्यालय झापा र समुदाय-प्रहरी साझेदारी पालिका समिति कचनकवल झापाको संयुक्त आयोजना तथा बीएण्डसी अस्पताल बिर्तामोडको समन्वय र सहकार्यमा आयोजित उक्त कार्यक्रममा कचनकवल गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका पदाधिकारीहरु, स्थानीय संचारकर्मी, स्थानीय भद्रभलादमी, शिक्षक, अभिभावक र लक्ष्मीप्रसाद देवकोटा माबिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : ०९ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,