अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन भत्ताको व्यवस्था « Khabarhub

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन भत्ताको व्यवस्था


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ताको प्रबन्ध गरेको बताएका छन् ।

पोखरा महानगरपालिका–१७ दोविल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको आज अवलोकन गर्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई जीवनभर मासिक रु पाँच हजार तथा ओलम्पिकमा सहभागिलाई मासिक रु चार हजारका दरले भत्ता प्रदान गर्ने नीति सरकारले बनाएको जानकारी दिए ।

सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउँदै उनले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कारबापतको रकम मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेकाले खेलाडीले खेल कौशल प्रदर्शन गरेर नै जीवन निर्वाह गर्ने अवस्था आएको स्पष्ट पारे ।

उनले भने, “खेलाडीलाई मासिक भत्ता दिने कार्य एउटा शुरुवात हो । उहाँहरुलाई हौसला प्रदान गर्नका लागि बढीभन्दा बढी सुविधा र सम्मानको योजना सरकार बनाएको छ । खेलाडीले खेलेरनै जीवन सुनिश्चित हुने अवस्था निर्माण हुँदैछ ।”

सहाराले आफ्नो मेहनत र लगानी तथा देश विदेशबाट सहयोग जुटाएर फुटबल खेल विकास तथा सामाजिक क्षेत्रमा गरेको योगदानबाट गौरवको अनुभूति हुने उल्लेख गर्दै मन्त्री विश्वकर्माले एकेडेमी भवन तथा खेल मैदानका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाए ।

एकेडेमीमा हाल देशका विभिन्न १४ जिल्लाका २४ बालकले आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

मन्त्री विश्वकर्माले आज नै पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको निरीक्षण गर्दै हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिएका थिए ।

आगामी नवौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधारका बारेमा समेत उनले जानकारी लिए । पोखरा फुटबल रङ्गशालामा हालसम्म ८५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : ३७ बजे

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२

आगलागीपछि ‘दाउरा’ रूफटप चार महिनामै पुनः सञ्चालनमा

ललितपुर– चार महिनाअघि पुल्चोकस्थित ‘दाउरा’ रूफटप मा भएको भीषण आगलागीपछि