अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन भत्ताको व्यवस्था « Khabarhub

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन भत्ताको व्यवस्था


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ताको प्रबन्ध गरेको बताएका छन् ।

पोखरा महानगरपालिका–१७ दोविल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको आज अवलोकन गर्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई जीवनभर मासिक रु पाँच हजार तथा ओलम्पिकमा सहभागिलाई मासिक रु चार हजारका दरले भत्ता प्रदान गर्ने नीति सरकारले बनाएको जानकारी दिए ।

सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउँदै उनले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कारबापतको रकम मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेकाले खेलाडीले खेल कौशल प्रदर्शन गरेर नै जीवन निर्वाह गर्ने अवस्था आएको स्पष्ट पारे ।

उनले भने, “खेलाडीलाई मासिक भत्ता दिने कार्य एउटा शुरुवात हो । उहाँहरुलाई हौसला प्रदान गर्नका लागि बढीभन्दा बढी सुविधा र सम्मानको योजना सरकार बनाएको छ । खेलाडीले खेलेरनै जीवन सुनिश्चित हुने अवस्था निर्माण हुँदैछ ।”

सहाराले आफ्नो मेहनत र लगानी तथा देश विदेशबाट सहयोग जुटाएर फुटबल खेल विकास तथा सामाजिक क्षेत्रमा गरेको योगदानबाट गौरवको अनुभूति हुने उल्लेख गर्दै मन्त्री विश्वकर्माले एकेडेमी भवन तथा खेल मैदानका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाए ।

एकेडेमीमा हाल देशका विभिन्न १४ जिल्लाका २४ बालकले आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

मन्त्री विश्वकर्माले आज नै पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको निरीक्षण गर्दै हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिएका थिए ।

आगामी नवौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधारका बारेमा समेत उनले जानकारी लिए । पोखरा फुटबल रङ्गशालामा हालसम्म ८५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : ३७ बजे

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब