बलिउड गायिका कनिकाको दोस्रो परीक्षणमा पनि देखियो कोरोना  « Khabarhub

बलिउड गायिका कनिकाको दोस्रो परीक्षणमा पनि देखियो कोरोना 


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड चर्चित गायिका कनिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । पहिलो पटकको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखिएको थयो ।

पुनः केही दिनपछि दोस्रो पटकको कोरोना परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको हो । यसअघि गत साता उनको स्वास्थ्य परीक्षण गर्दा पनि उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।

कनिकामा पहिलो पटक कोरोनाको संक्रमण भएको पाइएपछि उनलाई भारतको उत्तर प्रदेशस्थ्ति संजय गान्धी पोष्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालको आइसोलेसनमा राखिएको थियो।

अहिले पनि उनी सोहो अस्पतालमा उपचाररत छन्। कनिकाको लापरवाही गरेको भन्दै उत्तर प्रदेशमा उनीविरुद्ध उजुरी समेत परेको छ। उनले कहाँ कहाँ भ्रमण गरेकी थिइन भन्ने बारे नखुलाएको समेत उनीमाथि आरोप लागेको छ । उनका कारण अरुमा पनि कोरोनाको संक्रमण फैलिन खतरा बढेको जनाइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : २९ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका