कोरोनाभाइरसः इटालीमा एकै दिन ७४३ जनाको मृत्यु, ५ हजार बढी संक्रमित « Khabarhub

कोरोनाभाइरसः इटालीमा एकै दिन ७४३ जनाको मृत्यु, ५ हजार बढी संक्रमित


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको  कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ । ६९ हजार १ सय ७६ जना सङ्क्रमित छन् ।

संक्रमितमध्य ८ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् भने ५४ हजार ३० जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार ३ सय ९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९७ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ४ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ९० जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : ५८ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड