कोरोनाभाइरसः इटालीमा एकै दिन ७४३ जनाको मृत्यु, ५ हजार बढी संक्रमित « Khabarhub

कोरोनाभाइरसः इटालीमा एकै दिन ७४३ जनाको मृत्यु, ५ हजार बढी संक्रमित


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको  कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ । ६९ हजार १ सय ७६ जना सङ्क्रमित छन् ।

संक्रमितमध्य ८ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् भने ५४ हजार ३० जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार ३ सय ९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९७ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ४ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ९० जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : ५८ बजे

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)