१०३ वर्षे वृद्धको बिहे, त्यो पनि ६६ वर्ष कान्छीसँग « Khabarhub

१०३ वर्षे वृद्धको बिहे, त्यो पनि ६६ वर्ष कान्छीसँग


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सामान्यतया विवाहको उमेर कति होला ? न्युनतम २० वर्षभन्दा माथि । तर हामी कहाँ अधिकाशं मानिसले २५ वर्षको आसपासको उमेरमा मात्र विवाह गर्दै आएका छन् ।

यदाकदा कतैकतै ४० वर्षपछि पनि विवाह हुने गरको छ । तर कोहि मानिसले एक शताब्दी भन्दा बढिको उमेरमा पुगेर विवाह गर्ला ? त्यो पनि आफुभन्दा झण्डै ७ दशक कान्छीसँग ।

इण्डोनेसियाको साउथ सुलावेसीका निवासी १०३ वर्षका वृद्धले आफुभन्दा ६६ वर्षीय कान्छी महिलासंग विवाह गरेका छन् ।

१०३ वर्षका पुवागं कट्टेले ३७ वर्षीय इण्डो अलंगका साथ विवाह गरेका हुन् । यी दुईको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि धेरैले यस विवाहका बिषयमा आलोचना गरेका छन् ।

स्थानीय सञ्चारका अनुसार पुवांग रिटायर्ड डच कर्नेल हुन् । उनले सन् १९४५–१९४९ को युद्ध लडेका थिए । जतिवेला उनी युद्धमा थिए त्यसबेला उनकी दुलही इण्डो जन्मेकि समेत थिइनन् ।

विवाहमा उमेरको फरक त छदै छ, अझ यसमा दाइजोको प्रथा समेत जोडिएको छ । यस विवाहमा बेहुली पक्षले बेहुलाई दाइजो दिएन ।

पुवांगले इण्डोसंग विवाह गर्ने बेहुली पक्षलाई करीब ४० हजार रुपैया र एउटा सुनको औंठी दिई विवाह गर्न मनाएका थिए । विवाहपछि नवजोडी पुवांगको निवासमा बस्दै आएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ४८ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,