१०३ वर्षे वृद्धको बिहे, त्यो पनि ६६ वर्ष कान्छीसँग « Khabarhub

१०३ वर्षे वृद्धको बिहे, त्यो पनि ६६ वर्ष कान्छीसँग


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सामान्यतया विवाहको उमेर कति होला ? न्युनतम २० वर्षभन्दा माथि । तर हामी कहाँ अधिकाशं मानिसले २५ वर्षको आसपासको उमेरमा मात्र विवाह गर्दै आएका छन् ।

यदाकदा कतैकतै ४० वर्षपछि पनि विवाह हुने गरको छ । तर कोहि मानिसले एक शताब्दी भन्दा बढिको उमेरमा पुगेर विवाह गर्ला ? त्यो पनि आफुभन्दा झण्डै ७ दशक कान्छीसँग ।

इण्डोनेसियाको साउथ सुलावेसीका निवासी १०३ वर्षका वृद्धले आफुभन्दा ६६ वर्षीय कान्छी महिलासंग विवाह गरेका छन् ।

१०३ वर्षका पुवागं कट्टेले ३७ वर्षीय इण्डो अलंगका साथ विवाह गरेका हुन् । यी दुईको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि धेरैले यस विवाहका बिषयमा आलोचना गरेका छन् ।

स्थानीय सञ्चारका अनुसार पुवांग रिटायर्ड डच कर्नेल हुन् । उनले सन् १९४५–१९४९ को युद्ध लडेका थिए । जतिवेला उनी युद्धमा थिए त्यसबेला उनकी दुलही इण्डो जन्मेकि समेत थिइनन् ।

विवाहमा उमेरको फरक त छदै छ, अझ यसमा दाइजोको प्रथा समेत जोडिएको छ । यस विवाहमा बेहुली पक्षले बेहुलाई दाइजो दिएन ।

पुवांगले इण्डोसंग विवाह गर्ने बेहुली पक्षलाई करीब ४० हजार रुपैया र एउटा सुनको औंठी दिई विवाह गर्न मनाएका थिए । विवाहपछि नवजोडी पुवांगको निवासमा बस्दै आएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ४८ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर