वृद्ध मानिसमा कोरोनाको उच्च जोखिम, यसरी राख्नुहोस् सुरक्षित « Khabarhub

वृद्ध मानिसमा कोरोनाको उच्च जोखिम, यसरी राख्नुहोस् सुरक्षित


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणले अहिले पुरा विश्व आक्रान्त छ । पुरा विश्व यसबाट बच्न बिभिन्न उपायहरु अपनाइरहेका छन् ।

यस रोगको भाइरसले जुनै उमेरका मानिसलाई सजिलै शिकार बनाउने गरेको छ । तर अस्थमा, मधुमेह, मुटुरोग लगायतका रोगका बिरामी सहित ६० बर्षभन्दा माथिका मानिसमा यस रोगको संक्रमण हुने खतरा उच्च हुन्छ ।

वृद्ध मानिसमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले कोरोना भाइरसको संक्रमण हुने जोखिम हुन्छ । यस्तोमा वृद्ध बुजुर्ग मानिसको विशेष ख्याल राख्नु आवश्यक हुन्छ ।

यस्तो छ वृद्ध मानिसको ख्याल राख्ने टिप्सहरु :

घर भित्रै बस्ने

६० बर्षभन्दा माथि उमेरका मानिसहरु अनिवार्य घर भित्रै बस्नु पर्दछ । इन्फेक्शनबाट बच्न बुजुर्गलाई घरभित्रै राखेर सम्पुर्ण आवश्यक सुविधा उपलब्ध गराउनु पर्दछ ।

विशेषत यस उमेरभन्दा पाका मानिसले विशेष सावधानी अपनाउनु पर्दछ ।

तापमानमा निगरानी

वृद्ध मानिसको शरीरको तापमान बारम्बार परीक्षण गराइरहनु पर्दछ । दैनिक ५ पटकभन्दा बढि शरीरको तापमान जाँच गर्नुपर्दछ ।

साधारण फ्लू देखिएमा पनि तत्काल स्वास्थ्य संस्था वा चिकित्सकको परामर्श लिनु पर्दछ ।

ताजा भोजन गर्ने

वृद्ध मानिसहरुमा रोगप्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले इम्युनिटी सिस्टम दह्रो पार्ने खानपानमा ध्यान दिनुपर्दछ ।

यसका लागी घरभित्र बनाएको ताना खाना पर्याप्त मात्रामा खानु पर्दछ । बाहिरको खाना वा प्रोसेस्ड खाना खानु हुदैन ।

प्रविधिको सहरा लिने

घरभित्र पुरै समय बिताउन वृद्ध मानिसलाई ग्राहो हुन्छ । यस्तोमा वृद्धहरुलाई प्रविधि मैत्री बनाएर उनीहरुलाई भुलाउन सकिन्छ ।

नजिकका वा आफन्तजनमा कुराकानी गर्न टेलिफोन वा सामाजिक सञ्जालको प्रयोगमा जोड दिनु पर्दछ ।

सरसफाइमा ध्यान दिने

कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य रुपमा सरसफाइमा ध्यान दिनुपर्दछ ।

पटक पटक हात धुने, बाहिरी संसर्गमा नरहने, नियमित नुहाउने लगायतका काममा वृद्धलाई सक्रिय राख्नुपर्दछ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ५७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने