वृद्ध मानिसमा कोरोनाको उच्च जोखिम, यसरी राख्नुहोस् सुरक्षित « Khabarhub

वृद्ध मानिसमा कोरोनाको उच्च जोखिम, यसरी राख्नुहोस् सुरक्षित


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणले अहिले पुरा विश्व आक्रान्त छ । पुरा विश्व यसबाट बच्न बिभिन्न उपायहरु अपनाइरहेका छन् ।

यस रोगको भाइरसले जुनै उमेरका मानिसलाई सजिलै शिकार बनाउने गरेको छ । तर अस्थमा, मधुमेह, मुटुरोग लगायतका रोगका बिरामी सहित ६० बर्षभन्दा माथिका मानिसमा यस रोगको संक्रमण हुने खतरा उच्च हुन्छ ।

वृद्ध मानिसमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले कोरोना भाइरसको संक्रमण हुने जोखिम हुन्छ । यस्तोमा वृद्ध बुजुर्ग मानिसको विशेष ख्याल राख्नु आवश्यक हुन्छ ।

यस्तो छ वृद्ध मानिसको ख्याल राख्ने टिप्सहरु :

घर भित्रै बस्ने

६० बर्षभन्दा माथि उमेरका मानिसहरु अनिवार्य घर भित्रै बस्नु पर्दछ । इन्फेक्शनबाट बच्न बुजुर्गलाई घरभित्रै राखेर सम्पुर्ण आवश्यक सुविधा उपलब्ध गराउनु पर्दछ ।

विशेषत यस उमेरभन्दा पाका मानिसले विशेष सावधानी अपनाउनु पर्दछ ।

तापमानमा निगरानी

वृद्ध मानिसको शरीरको तापमान बारम्बार परीक्षण गराइरहनु पर्दछ । दैनिक ५ पटकभन्दा बढि शरीरको तापमान जाँच गर्नुपर्दछ ।

साधारण फ्लू देखिएमा पनि तत्काल स्वास्थ्य संस्था वा चिकित्सकको परामर्श लिनु पर्दछ ।

ताजा भोजन गर्ने

वृद्ध मानिसहरुमा रोगप्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले इम्युनिटी सिस्टम दह्रो पार्ने खानपानमा ध्यान दिनुपर्दछ ।

यसका लागी घरभित्र बनाएको ताना खाना पर्याप्त मात्रामा खानु पर्दछ । बाहिरको खाना वा प्रोसेस्ड खाना खानु हुदैन ।

प्रविधिको सहरा लिने

घरभित्र पुरै समय बिताउन वृद्ध मानिसलाई ग्राहो हुन्छ । यस्तोमा वृद्धहरुलाई प्रविधि मैत्री बनाएर उनीहरुलाई भुलाउन सकिन्छ ।

नजिकका वा आफन्तजनमा कुराकानी गर्न टेलिफोन वा सामाजिक सञ्जालको प्रयोगमा जोड दिनु पर्दछ ।

सरसफाइमा ध्यान दिने

कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य रुपमा सरसफाइमा ध्यान दिनुपर्दछ ।

पटक पटक हात धुने, बाहिरी संसर्गमा नरहने, नियमित नुहाउने लगायतका काममा वृद्धलाई सक्रिय राख्नुपर्दछ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ६ : ५७ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी