‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं’ « Khabarhub

‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं’


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- ‘तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।’ विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ ।

कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर उपचार गर्ने रणनीति बनाएको हो । जिल्लाका ९० वडामध्ये ८९ वडामा सडकको सजिलै पहुँच भएकाले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए ।

‘कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाईको घरमै आउँछौं’, उनले भने, ‘कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौं ।’ कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।

स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र त्यसको चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिए ।

‘हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौं’, उनले भने ।

सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उहाँको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उनले बताए ।

कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावुमा ५, दुल्लू नगरपालिका ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैय्या र नारायण क्याम्पसमा १०० शैय्याकोे क्वारेन्टाइन तयार पारिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : २१ बजे

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)