‘लकडाउन’ को दोस्रो दिन पनि कञ्चनपुरमा नेपाल छिर्न खोज्नेको लर्को « Khabarhub

‘लकडाउन’ को दोस्रो दिन पनि कञ्चनपुरमा नेपाल छिर्न खोज्नेको लर्को

भारतको ‘लकडाउन’ ले पनि रोकिएनन् नेपाली


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  सीमा नाकामा अलपत्र परेका नेपालीलाई सरकारले मंगलबार अन्तिम पटकका लागि भन्दै नेपाल प्रवेश गर्न दिएको १२ घण्टा नबित्दै दक्षिणी सीमानाकामा आज पनि नेपालीहरुको लर्को लागेको छ ।

कोरोना भाइरस संक्रमणको त्रास बढेपछि भारतमा काम गरिरहेकाहरु धमाधम नेपाल फर्कन थालेका हुन् । तर नेपाल सरकारले मंगलबारदेखि देशभरी ‘लकडाउन’ गरेपछि उनीहरुलाई स्वदेश फर्कन गाह्रो परेको हो ।

भारतले समेत मंगलबार मध्यरातिदेखि २१ दिनका लागि ‘लकडाउन’ गर्दा पनि कञ्चनपुरको सीमानाका गड्डाचौंकीमा ४०/४२ जना नेपालीहरु भेला भइसकेका छन् ।

भारतमा ‘लकडाउन’ भएपछि सीमानाका शान्त हुने आकलनविपरित नेपालीहरु भारतको ‘लकडाउन’ लाई छिचोल्दै गड्काचौकी आइपुगेका हुन् । तर उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन ।

‘परिस्थिती अप्ठ्यारो छ, हामी माथिको आदेश पालना गर्ने र कुरेर बस्ने अवस्थामा मात्र छौं,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले भने,’मंगलबार अन्तिम पटकका लागि भनेर हामीले ५ सय १८ जना नेपालीलाई प्रवेश गर्न दिएका हौं, अब के गर्ने भन्ने अन्यौलता कायमै छ ।’

उपाध्यायका अनुसार यसअघि मंगलबार नेपाल प्रवेश गर्न दिइएका सुदुरपश्चिमका ९ वटै जिल्ला बाहेक अरु ५ वटा जिल्लाका नेपालीहरुलाई गाडीको व्यवस्था गरेर गन्तव्यसम्म पठाइएको छ ।

‘हामीकहाँ उनिहरुलाई राख्ने क्वारेन्टाइन थिएन/छैन, प्रारम्भिक स्वास्थ्य जाँचपछि गाडीको व्यवस्था गरेर पठाएका छौं,’ उनले भने,’ क्वारेन्टाइनमा राख्ने देखि निगरानी गर्नसम्मको जिम्मा सम्बन्धित जिल्ला र स्थानीय तहलाई गर्ने गरी उनिहरुको पूरा विवरण दिइएको छ ।’

आइतबार नेपालमा पनि कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले मंगलबारदेखि एक सातासम्मका लागि ‘लकडाउन’ गरेको छ ।

‘लकडाउन’ भएसँगै मंगलबार विहान ६ बजेदेखि १८ गतेसम्म सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

यद्यपि मानिसहरु फट्टफुट्ट घरबाहिर निस्कने क्रम रोकिएको छैन । पहिलो दिन मानिसहरु नबुझी यात्रामा निस्किएको ठानेको प्रशासनले पक्राउ परेका ४ सय ५३ जनालाई सम्झाइ बुझाइ छाडेको थियो ।

तर आजदेखि भने यात्रामा निस्कनेलाई कडाई गर्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : २४ बजे

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

बुडापेस्ट– ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच