लकडाउन उल्लंघन गरेपछि काठमाडौंबाट ३ सय सवारी साधन प्रहरीको नियन्त्रणमा « Khabarhub

लकडाउन उल्लंघन गरेपछि काठमाडौंबाट ३ सय सवारी साधन प्रहरीको नियन्त्रणमा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनको समयमा सडकमा निस्किनेविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

लकडाउनको पहिलो दिन (मंगलबार) प्रहरीले सडकमा आएका सवारी साधन ल्याउने चालकलाई सम्झाइ बुझाइ छाड्दै आएको थियो । तर, सडकमा आउने क्रम नरोकिएपछि बुधबारदेखि नियन्त्रणमा लिन थालिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार बिहानै काठमाडौंका विभिन्न ठाउँबाट ३ सयको हाराहारीमा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रहरीले काठमाडौंको टेकु, नयाँ वानेश्वर, चक्रपथ क्षेत्रबाट सडकमा निस्किएका सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

यसअघि नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले साँझ परेपछि सवारीधनीको जिम्मा लगाउँदै आएको थियो । तर, अब भने केही दिन ‘होल्ड’ गरिने महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : २४ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता