लकडाउनले रोजगारी गुमाएका श्रमिकलाई ५ हजार दिने दिल्ली सरकारको घोषणा « Khabarhub

लकडाउनले रोजगारी गुमाएका श्रमिकलाई ५ हजार दिने दिल्ली सरकारको घोषणा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भारतले २१ दिनको लकडाउन गरेपछि तत्काललाई रोजगारी गुमाएका श्रमिकलाई दिल्ली सरकारले तत्काललाई पाँच/पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

कोरोनाको भाइरसको जोखिम उच्च भएपछि केन्द्र सरकारले मंगलबार मध्यरातिदेखि २१ दिनको लकडाउन गरेसँगै दिल्ली सरकारले यस्तो घोषणा गरेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार निर्माण कार्यमा संलग्न मजदुरका लागि पाँच/पाँच हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् ।

दिल्ली सरकारको यो घोषणापछि झण्डै ४६ हजार मजदुरलाई फाइदा हुने बताइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १२ : १७ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द