लकडाउन भएसँगै बैंकबाट पैसा निकाल्ने बढे « Khabarhub

लकडाउन भएसँगै बैंकबाट पैसा निकाल्ने बढे


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मंगलबारदेखि एक साताका लागि मुलुकभर लकडाउन गरेपछि बैंकबाट पैसा निकाल्ने क्रम बढेको छ ।

लकडाउन लम्बिन सक्ने र आवश्यक उपभोग्य सामग्री जुटाउन पर्ने भएपछि बचतकर्ताहरुले बैंकमा राखेको रकम धमाधम निकालेका हुन् ।

दुई दिनयता मात्रै एटीएमबाट धेरै पैसा झिकिएको बैंकहरुले बताएका छन् । दुईचार दिनयता ढुकुटीबाट ठूलो पैसा बाहिरिएको राष्ट्र बैंकको समेत तथ्यांक छ ।

आइतबार र सोमबार मात्र बैंक तथा वित्तीय संस्थाले तीन अर्ब रुपैयाँभन्दा बढी पैसा लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर राष्ट्र बैंकबाट लगिएको पैसा बराबर नै बचतकर्ताले भने नझिकेको राष्ट्र बैंकले प्रष्ट्याएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १२ : ३५ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा