अतिआवश्यक परेका सवारीलाई मात्रै इन्धन उपलब्ध गराउन आग्रह « Khabarhub

अतिआवश्यक परेका सवारीलाई मात्रै इन्धन उपलब्ध गराउन आग्रह


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यक परेका सवारीलाई लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकाभित्रका पम्प सञ्चालकलाई पनि सोही व्यहोरा पम्पको बाहिर सूचना टाँस गर्नसमेत आग्रह गरिएको छ । ‘पेट्रोल पम्प परिसरको बाहिरपट्टि देखिने गरी सूचना टाँस गरेर अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन (एम्बुलेन्स वा सरकारबाट इजाजतप्राप्त साधन) लाई इन्धन उपलब्ध गराउन हामीले निर्देशन दिएका छौँ,’ उनले भने, ‘पम्पहरुमा धेरै कर्मचारी नभएको र सम्पर्क नम्बर देखिने गरी सूचना टाँस गर्न हामीले जानकारी गराइसकेका छौँ ।’

अत्यावश्यकका लागि काठमाडौं उपत्यकाका जुनसुकै पम्पमा तेल भर्न सकिने र पम्पमा पर्याप्त मात्रामा मौज्दात तेल राखिएको उहाँले जानकारी दिए । सुरक्षा निकायका आफ्नै पम्प रहेको तथा निजी क्षेत्रका पम्पबाट नजिक रहेका अस्पताल तथा कूटनीतिक नियोगका कर्मचारी तथा पत्रकारले तेल भर्ने गरेको सूचना आफूहरुलाई आएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ५५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को