सेल्फ क्वारेन्टाइनमा निश्चलसँग रमाउँदै स्वस्तिमा (भिडियो) « Khabarhub

सेल्फ क्वारेन्टाइनमा निश्चलसँग रमाउँदै स्वस्तिमा (भिडियो)


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काले कामको व्यस्तताका कारण एकअर्कालाई समय दिन पाएका थिएनन् । सरकारले मंगलवारदेखि लकडाउन गरेपछि उनीहरु फुर्सदमा छन् ।

निश्चल र स्वस्तिमा घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । यसअघि पनि स्वस्तिमाले सामाजिक सञ्जालमा लाइभ आएर सबैलाई कोरोना संक्रमणबाट सचेत हुन अनुरोध गरेकी थिइन् ।

यसैबीच स्वस्तिमाले लकडाउनका बेला घरको छतमा रमाइलो गरेको भिडियो शेयर गरेकी छिन् । उनले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘जब तपाईं घरमा ५ दिनभन्दा बढी बस्नुहुन्छ भने यस्तै हुन्छ, यतिबेला मसँग गर्नलाई केही छैन त्यसैले यो भिडियो मैले शेयर गरिरहेकी छु ।’

स्वस्तिमा अगाडि लेख्छिन्, ‘आशा छ, तपाईं पनि घरमा बसिरहनुभएको छ ।’

स्वस्तिमा ५ दिनदेखि घरमै क्वारेन्टाइनमा बसिरहेकी छिन् । यो भिडियोमार्फत स्वस्तिमाले निश्चलको प्रेम पनि झल्काएकी छिन् ।

निश्चल र स्वस्तिमाले एकसाथ अभिनय गरेको फिल्म ‘घामड शेरे’ केही महिनाअघि रिलिज भएको थियो । यो फिल्मले खासै चर्चा कमाउन सकेन ।

स्वस्तिमाको भूमिका रहेको फिल्म ‘चपली हाइट ३’ रिलिजका क्रममा थियो । तर सरकारले वैशाख १८ गतेसम्म फिल्म चलाउन रोक लगाएपछि फिल्मको प्रदर्शन मिति अनिश्चित बनेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ३ : ३२ बजे

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ