लकडाउनपछि भारतबाट सुदूरपश्चिममा मात्रै भित्रिए १ लाख ४० हजार नेपाली | Khabarhub Khabarhub

लकडाउनपछि भारतबाट सुदूरपश्चिममा मात्रै भित्रिए १ लाख ४० हजार नेपाली


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै सरकारले लकडाउन गरेपछि भारतबाट करिब १ लाख ४० हजार नेपाली स्वदेश फर्किएका छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने सुदूर पश्चिम प्रदेशस्थित गौरीफण्टा-धनगढी, गड्डाचौकी महेन्द्रनगर, दार्चुला र झुलाघाट-बैतडीलगायतका प्रमुख चल्तीका नाका भएर करिब १ लाख ४० हजार नेपालीहरू स्वदेश फर्किएको विवरण प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका ९ जिल्ला, चितवन र प्रदेश नं २ सम्म पुग्न आएका व्यक्तिहरूलाई पठाइएको छ र यी मध्ये कसैमा पनि संक्रमण नदेखिएको दाबी गरे ।

अब स्थानीय सरकारहरूले आआफ्नो पालिकामा आइपुगेका हरेक आगन्तुकलाई एकान्तबासमा राख्ने, घुलमिल नगराउने तथा तोकिएको अवधिसम्म हेरेर संक्रमणबाट सुरक्षित हुन सक्रिय रहने भूमिका निर्वाह गर्नु अत्यावश्यक भएको उनले बताए ।

सबै स्वास्थ्यचौकी, स्वस्थ्यकर्मी र स्वास्थ्य कार्यकर्ता एवं राजनीतिक कार्यकर्ताहरू समेत अपडेट भएर जनताको जीवनरक्षाको यस अभियानमा सावधानी, सचेतनता र सक्रियताका साथ जुट्नु जरूरी देखिएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : २३ बजे

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र