कोरोना पोजेटिभको रिपोर्टलाई लिएर टेकु अस्पतालका चिकित्सकको विरोध | Khabarhub Khabarhub

कोरोना पोजेटिभको रिपोर्टलाई लिएर टेकु अस्पतालका चिकित्सकको विरोध


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले कोरोना भाइरस (कोडिभ १९) परीक्षणपछि रिपोर्टको सूचना दिने काममा गम्भीर लापरवाही गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरुले विरोध जनाएका छन् ।

नेपालमा कोरोना संक्रमण देखिएका तेस्रो व्यक्तिको रिपोर्ट सार्वजनिकमा लापरवाही भएको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सकहरुले निर्देशकको कार्यकक्ष नै घेराउ गरेका छन् ।

खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई)को दुबईबाट नेपाल आएका ३२ वर्षीय एक युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको भन्दै जनस्वास्थ्य प्रयोगशालाले मंगलबार राति नै रिपोर्ट तयार पारिसकेको थियो । तर, उक्त रिपोर्टबारे बिरामीको जाँचमा संलग्न चिकित्सकलाई जानकारी नदिइएको भन्दै शुक्रराज अस्पतालमा विरोध भएको हो ।

‘कोरोना परीक्षणको रिपोर्ट सर्वप्रथम उपचारमा संलग्न चिकित्सकलाई देखाउनुपर्ने हुन्छ । तर, हामीलाई त यहाँ रिपोर्ट आएको जानकारी समेत दिइएन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक चिकित्सकले खबरहबसँग भने, ‘लक्षण देखिएका सबै बिरामीमा कोरोना संक्रमण नहुने मान्यताका साथ हामीले काम गरिरहेका छौं । तर, रिपोर्टमा पोजेटिभ देखिएपछि थप सावधानी अपनाउनु पर्छ । त्यसका लागि चिकित्सकले रिपोर्टबारे जतिसक्दो चाँडो जानकारी पाउनुपर्छ ।’

तर, तेस्रो पोजेटिभ केसका रुपमा देखिएको बिरामीको रिपोर्टमा भने ठीक उल्टो काम भएको शुक्रराज अस्पतालका अर्का चिकित्सकको भनाइ छ । ‘बिरामीमा संक्रमण भएको पोजेटिभ रिपोर्ट आएको १२ घण्टापछि मात्रै हामीले समाचार पढेर वास्तविकता थाहा पायौं । यस्तो अवस्थामा कुनै चिकित्सकलाई रोग सरिसक्यो भने त्यसको जिम्मेवार को हुन्छ ? चिकित्सकको सुरक्षाबारे सावधानी अपनाउनु पर्दैन ?’

शुक्रराज अस्पतालका चिकित्सकका अनुसार मंगलबार राति रिपोर्ट आएपछि जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खबर गरेको थियो । तर, स्वास्थ्य मन्त्रालयले भने बुधबार दिउँसो १२ बजेतिर मात्रै उक्त विषय विज्ञप्ती जारी गरेर सार्वजनिक गर्‍यो ।

‘बिरामीको रिपोर्ट हिजो (मंगलबार) राति नै आएको रहेछ, तर हामी बिरामीको उपचारमा खटिएका चिकित्सक र अस्पताललाई समेत प्रयोगशालाले जानकारी गराएन,’ अस्पतालका अर्का एक चिकित्सकले भने, ‘आज अस्पतालको निर्देशकलाई सबै चिकित्सकले कराए, तर बिचरा अस्पतालको निर्देशकलाई समेत अस्पतालमा भएको बिरामीको कोरोना पोजेटिभ देखिएको रिपोर्ट आउँदा नि जानकारी दिइएको रहेनछ ।’

आफैंले उपचार गरिरहेका बिरामीको कोरोनाको रिपोर्ट पोजेटिभ आउँदा पनि जानकारी नगराएर आफूहरुको स्वास्थ्यमा समेत खेलवाड गर्ने काम भएको उनले बताए ।

शुक्रराज अस्पतालका चिकित्सकहरुले भने रिपोर्ट आउनेवित्तिकै आफूहरुलाई जानकारी गराइनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : ५४ बजे

तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु

नवलपुर– तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार

५.१९ अंकले बढ्यो नेप्से

काठमाडौं– तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल

विश्वकप लिग-२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य

शीतल निवासमा दुई मन्त्रीको शपथ (लाइभ)

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त दुईजना मन्त्रीको शपथ ग्रहण

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा– यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले