कोरोना पोजेटिभ भएका बिरामीलाई अब पाटन अस्पताल सारिने « Khabarhub

कोरोना पोजेटिभ भएका बिरामीलाई अब पाटन अस्पताल सारिने


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमति बिरामीको पहिचान भए पछि पाटन अस्पतालको आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामका लागि भइरहेको प्रयासबारे जानकारी गराउँदै कोरोना संक्रमित बिरामीको पहिचान गरेपछि पाटन अस्पतालमा राख्ने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।

मन्त्री ढकालले टेकुको शुक्राराज ट्रपिकल तथा सरुवा रोग अस्पतालाई माध्यम अस्पतालको रुपमा राखेर आशंका गरिएका बिरामीको कोरोना परीक्षणको अवधिमा मात्र टेकु अस्पतालमा राख्ने बताए ।

उनले भने, ‘अब यो कोरोना भाइरसँग सम्बन्धित रोगको परीक्षण र त्यसको निर्क्यौल गर्ने बेलासम्मका लागि टेकु अस्पताललाई हामीले माध्यम अस्पतालको रुपमा राख्ने र त्यहाँ राखेर परीक्षण पछि कोरोना प्रमाणित भएका बिरामीलाई सिफ्ट गरेर पाटन अस्पतालमा राख्ने भनेर सोचेका छौं ।’

मन्त्री ढकालले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री निर्माणको काम समेत भइरहेको बताए । मन्त्री ढकालले आवश्यक  पर्ने स्वास्थ्य सामाग्री तीन दिनभित्र चीनबाट ल्याउने पनि जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : १२ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले