इष्टरसम्म कोरोनाको प्रकोप रोकिने ट्रम्पको विश्वास « Khabarhub

इष्टरसम्म कोरोनाको प्रकोप रोकिने ट्रम्पको विश्वास


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी इष्टरसम्ममा कोरोना भाइरसको महामारी सकिने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलानका क्रममा यस्तो विश्वास व्यक्त गरेका हुन् ।

केही साताअघिमात्र राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा राष्ट्रिय संकट घोषणा गरेका थिए । अमेरिकाको न्यूयोर्क राज्यमा हाल कोरोना भाइरस ‘बुलेट ट्रेन’ को गतिमा फैलिरहेको त्यहाँका गभर्नर एण्ड्रियू कुओमोले टिप्पणी गरेको केही समयलगत्तै ट्रम्पको यस्तो भनाइ आएको हो ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ५४ हजार ९ सय ३५ जना संक्रमित छन् भने यसबाट हालसम्म ७ सयजनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको नयाँ केन्द्रविन्दु अमेरिका हुनसक्ने चेतावनी दिइसकेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको आर्थिक जोखिमलाई मध्यनजर गर्दै २० खर्ब अमेरिकी डलरको सहायता प्याकेजमा सहमति जुटेको

अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको कंग्रेसका दुई दल डेमोक्र्याटिक पार्टी र रिपबिलकन पार्टीका नेताहरुबीच कोरोना भाइरसबाट अमेरिकी अर्थतन्त्रमा पर्न जाने असरलाई मध्यनजर गर्दै २० खर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेज ल्याइएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : २५ बजे

विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड

काठमाडौं – इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन

आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन