इष्टरसम्म कोरोनाको प्रकोप रोकिने ट्रम्पको विश्वास | Khabarhub Khabarhub

इष्टरसम्म कोरोनाको प्रकोप रोकिने ट्रम्पको विश्वास


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी इष्टरसम्ममा कोरोना भाइरसको महामारी सकिने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलानका क्रममा यस्तो विश्वास व्यक्त गरेका हुन् ।

केही साताअघिमात्र राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा राष्ट्रिय संकट घोषणा गरेका थिए । अमेरिकाको न्यूयोर्क राज्यमा हाल कोरोना भाइरस ‘बुलेट ट्रेन’ को गतिमा फैलिरहेको त्यहाँका गभर्नर एण्ड्रियू कुओमोले टिप्पणी गरेको केही समयलगत्तै ट्रम्पको यस्तो भनाइ आएको हो ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ५४ हजार ९ सय ३५ जना संक्रमित छन् भने यसबाट हालसम्म ७ सयजनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको नयाँ केन्द्रविन्दु अमेरिका हुनसक्ने चेतावनी दिइसकेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको आर्थिक जोखिमलाई मध्यनजर गर्दै २० खर्ब अमेरिकी डलरको सहायता प्याकेजमा सहमति जुटेको

अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको कंग्रेसका दुई दल डेमोक्र्याटिक पार्टी र रिपबिलकन पार्टीका नेताहरुबीच कोरोना भाइरसबाट अमेरिकी अर्थतन्त्रमा पर्न जाने असरलाई मध्यनजर गर्दै २० खर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेज ल्याइएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : २५ बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५