एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

एआइजीमा बढुवा भएका तारिणीप्रसाद लम्साल, शैलेश थापाक्षेत्री र हरिबहादुर पाललाई आज एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

नेपाल सरकार (मन्त्रीपरिषद्) को २०७६ चैत ९ गतेको निर्णयअनुसार उनिहरु तीनै जना प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुको मेहनत, लगनशीलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति भएको प्रसङ्ग जोड्दै सङ्गठनलाई थप चलायमान बनाउनेतर्फ लाग्न निर्देशन दिए ।

पदोन्नती भएका लम्साल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी), क्षेत्री मानवस्रोत तथा प्रशासन विभाग र पाल अपराध अनुसन्धान तथा कार्य विभागमा पदस्थापन भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : २९ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने