लकडाउनको उल्लंघन गर्ने एक हजार बढी सवारी साधन नियन्त्रणमा « Khabarhub

लकडाउनको उल्लंघन गर्ने एक हजार बढी सवारी साधन नियन्त्रणमा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले  कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने एक हजार बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १ हजार ६३ सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ९२९ वटा दुई पाङ्ग्रे र १३४ वटा साना तथा ठूला सवारी गरी जम्मा १०६३ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

ती नियन्त्रणमा लिएका सवारी साधनलाई आज दिनभर नियन्त्रण लिई सम्झाई बुझाई छाडिएको ढकालले बताए । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : ४७ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका