आपूर्ति सहज बनाउन चीनसँगका नाका खुलाउने सरकारको निर्णय « Khabarhub

आपूर्ति सहज बनाउन चीनसँगका नाका खुलाउने सरकारको निर्णय


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको जोखिम उच्च भएपछि चीन र भारत दुबैतर्फका सबै १ सय ७० वटा नाका बन्द गरेको सरकारले आपूर्ती सहज बनाउन भन्दै चीनका नाका भने खुल्ला गर्ने भएको छ ।

भारतसँग जोडिएका १ सय ६४ वटा सीमा नाका भने बन्द नै रहनेछन् । चीनसँगका पनि ६ वटा मध्ये २ वटा खुल्ला गर्ने सरकारले निर्णय गरेको छ ।

रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्देश्यले खुलाइएको हो।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका सञ्चालन गर्ने निर्णय गरेको हो ।

भारतले समेत सोमबार मध्यरातिदेखि २१ दिनका लागि लकडाउन गरेपछि नेपालमा आयात हुने उपभोग्य सामग्री आउन समस्या हुने भएपछि यस्तो निर्णय भएको हो ।

सामान आयात निर्यात बाहेकको कामका लागि भारत र चीन दुवै तर्फका नाका गत आइतबारको मन्त्रिपरिषद् बैठकबाट बन्द गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ८ : ५० बजे

लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन

काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको