बेलायतमा कोरोनाबाट संक्रमित भगवती निको भएर घर फर्किइन  | Khabarhub Khabarhub

बेलायतमा कोरोनाबाट संक्रमित भगवती निको भएर घर फर्किइन 


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-लन्डनमा कोरोनाभाइरसबाट संक्रमित भएकी भगवती रानाभाट निको भएर घर फर्किएकी छिन् ।

कोरोनाको परीक्षणमा पोजिटिभ देखिएपछि भगवती अस्पताल भर्ना भएकी थिइन् । सामाजिक अभियन्ता समेत रही उनी शुक्रबारदेखि ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी थिइन ।

गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन्। त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरो तथा रुघाखोकी लागेको थियो ।

घरमै औषधी गरेर पनि निको नभएपछि उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको थियो ।

अस्पतालमा भर्ना भएको १३ दिनसम्म पनि निको नभएको भन्दै भगवतीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस र तस्बिर राख्दै सबैलाई कोरोनाबाट सावधानी रहन सचेतसमेत गराएकी थिइन् ।

उनलाई संक्रमण भएपछि श्रीमान् मीन रानाभाटसहित एक छोरा र छोरी अहिले घरमा सेल्फ आइसोलेसनमा छन्। अहिले भगवती कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

 

 

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : ४४ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको