बेलायतमा कोरोनाबाट संक्रमित भगवती निको भएर घर फर्किइन  « Khabarhub

बेलायतमा कोरोनाबाट संक्रमित भगवती निको भएर घर फर्किइन 


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-लन्डनमा कोरोनाभाइरसबाट संक्रमित भएकी भगवती रानाभाट निको भएर घर फर्किएकी छिन् ।

कोरोनाको परीक्षणमा पोजिटिभ देखिएपछि भगवती अस्पताल भर्ना भएकी थिइन् । सामाजिक अभियन्ता समेत रही उनी शुक्रबारदेखि ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी थिइन ।

गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन्। त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरो तथा रुघाखोकी लागेको थियो ।

घरमै औषधी गरेर पनि निको नभएपछि उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको थियो ।

अस्पतालमा भर्ना भएको १३ दिनसम्म पनि निको नभएको भन्दै भगवतीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस र तस्बिर राख्दै सबैलाई कोरोनाबाट सावधानी रहन सचेतसमेत गराएकी थिइन् ।

उनलाई संक्रमण भएपछि श्रीमान् मीन रानाभाटसहित एक छोरा र छोरी अहिले घरमा सेल्फ आइसोलेसनमा छन्। अहिले भगवती कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

 

 

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : ४४ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले