पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार पुग्यो « Khabarhub

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार पुग्यो


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान-पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार पुगेको छ । संक्रमण पुष्टि भएको एक महिना नपुग्दै पाकिस्तानमा संक्रमितको संख्या १ हजार पुगेको हो ।

सिन्ध प्रान्तका स्वास्थ्य अधिकारीहरुले कराँची शहरमा कोरोना भाइरका थप तीन संक्रमित पुष्टि गरेसँगै पाकिस्तानमा कोरोनाबाट संक्रमित १ हजार पुगेको पाकिस्तानबाट प्रकाशित हुने डन पत्रिकाको अनलाइन सँस्करणले जनाएको छ ।

पाकिस्तानमा पहिलो पटक २६ फेब्रुअरीका दिन कोरोना भाइरसको पहिलो संक्रमण देखा परेको थियो ।

यससँगै दक्षिण एसियामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार पुग्ने पाकिस्तान पहिलो मुलुक बन्न पुगेको छ । पाकिस्तानपछि दक्षिण एसियामा भारतमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् । भारतमा संक्रमितको संख्या ५ सय ६२ छ । भारतमा हालसम्म १० जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

हालसम्म पाकिस्तानमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म ४ लाख ३५ हजार भन्दा धेरै संक्रमित छन् भने १९ हजार ६ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ३१ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु