पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार पुग्यो | Khabarhub Khabarhub

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार पुग्यो


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान-पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार पुगेको छ । संक्रमण पुष्टि भएको एक महिना नपुग्दै पाकिस्तानमा संक्रमितको संख्या १ हजार पुगेको हो ।

सिन्ध प्रान्तका स्वास्थ्य अधिकारीहरुले कराँची शहरमा कोरोना भाइरका थप तीन संक्रमित पुष्टि गरेसँगै पाकिस्तानमा कोरोनाबाट संक्रमित १ हजार पुगेको पाकिस्तानबाट प्रकाशित हुने डन पत्रिकाको अनलाइन सँस्करणले जनाएको छ ।

पाकिस्तानमा पहिलो पटक २६ फेब्रुअरीका दिन कोरोना भाइरसको पहिलो संक्रमण देखा परेको थियो ।

यससँगै दक्षिण एसियामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार पुग्ने पाकिस्तान पहिलो मुलुक बन्न पुगेको छ । पाकिस्तानपछि दक्षिण एसियामा भारतमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् । भारतमा संक्रमितको संख्या ५ सय ६२ छ । भारतमा हालसम्म १० जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

हालसम्म पाकिस्तानमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म ४ लाख ३५ हजार भन्दा धेरै संक्रमित छन् भने १९ हजार ६ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ३१ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको